Trending
>>   शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित) >>   बालसंरक्षणमै समर्पित छु, राजनीतिक षड्यन्त्रका आरोप निराधार : इन्दिरा राना >>   अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु >>   स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षा कोष मातहत नल्याएकोमा अखिल नेपाल ट्रेड युनियन महासंघको आपत्ति >>   मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैनः राष्ट्रपति >>   लिम्पियाधुरामा व्यापारिक मार्ग खोल्ने सम्झौताको कुटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँः प्रवक्ता गुरुङ >>   विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छः नेशनल प्याब्सन >>   सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक >>   राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे >>   भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट
Logo
१६ भाद्र २०८२, मंगलवार
१६ भाद्र २०८२, मंगलवार

प्रमुख दुई ठूला दलले सत्ताको सिण्डिकेट बनाएर देश लुटिरहेको राप्रपाको आरोप


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख दुई ठूला राजनीतिक दलले सत्ताको सिण्डिकेट बनाएर देश लुटिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन् । राजावादीहरुलाई तहल लगाएको भन्दै जनतामा भ्रम छरेर लुट्ने काम भइरहेको उनको आरोप छ । उनले संसदमा लामो सयमदेखि दुई महत्वपूर्ण राजनीतिक दलहरुले विरोध गरिरहेका पनि सरकारले दुई तिहाईका शक्ति प्रदर्शन गरिरहेको टिप्पणी गरे । उनले गतिरोध र त्यसको व्यवस्थापनप्रति सभामुखले खलेको भुमिकाप्रति पनि आपत्ति जनाए । उनले संसदमा डेढ महिनादेखि विरोध भइरहँदा पनि जबर्जस्ती बैठक चलाइएको उल्लेख गदैए यो समय सभामुखको कार्यकालकै कालो समयको रुपमा रहने टिप्पणी गरे ।

उनले भने, ‘राजावादी र गणतन्त्रविरोधीलाई तह लगायौं भनेर गंका पिटेर जनतालाई भ्रम छरेको के रहेछ, छट्टु स्यालको कथा पो रहेछ । चिल आयो, चिल आयो भन्ने अनि तल टिप्ने ? जनताको ध्यान एकातिर लगेर दुई ठूला–ठूला पार्टीबीच सरकार बनाएर देश लुटेर बस्ने अनि जनताले टुलुटुलु हेरेर बसनुपर्ने ? यो कुरा कदापि सह्य हुदैन सभामुख महोदय । यसको प्रतिवाद हुन्छ । हामी संसदबाट विरोध गरिरहेका छौं र आवश्यक पर्योभने हामी सडकबाट पनि प्रतिवाद गरिन्छ । दुई दलहरुले भिजिट भिसाको विरोधमा आवाज उठाइरहेका छौं । यसको गलत व्याख्या नगरियोस् । भिजिट भिसामा जाने मानिसको विरोध गरिएको होइन । विदेश जाँदा खेरी मान्छे भिजिट भिसामै जाने हो । जसरी रकम असुली गरेर बेरोजगार युवाहरुको रोजगारी खोज्ने चाहानामाथि कमाउने सरकारको सुनियोजित धन्दाको हामीले विरोध गरेका हौं । म सभामुखको ध्यानाकर्षण गराउन चाहान्छु सभामुद महोदय, यो संसदीय इतिहासमा कालो समय हो । संसदका दुई महत्वपूर्ण राजनीतिक दलहरुले डेढ महिनादेखि संसदमा विरोधमा गर्दाखेरी जुन संसद चलाउने प्रयास भइरहेको छ । केवल सरकारको अकर्मण्यता र उदासिनता मात्र होइन तपाईको आफ्नो कार्यकालको सबैभन्दा कालो समयको रुपमा उल्लेख रहनेछ ।’

उनले बेरोजगार युवाबाट रकम असुली गरेर भिजिट भिसाको दुरुपयोग गरेको विषयमा आफूहरुको आन्दोलन जारी रहने पनि बताए ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?