
एजेन्सी। स्थानीय सञ्चारमाध्यम र सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सकाअनुसार आईतबार सिरियाको दक्षिणी प्रान्त स्वेइडामा स्थानीय ड्रुज समुदाय र बेदुइन जनजातिबीच भएको भीषण झडपमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । करिव ५० जना घाइते भएका छन् । मृत्यु हुनेमा ड्रुज समुदायका १४ सदस्य र चार बेदुइन जनजातिहरू समावेश छन् ।
घाइतेहरूमा धेरै बालबालिका र गम्भीर अवस्थामा रहेका व्यक्तिहरू छन् । स्वेइडाका धेरै क्षेत्रहरूमा हिंसा तिब्र भएको छ । अहिलेसम्म कुनै आधिकारिक हस्तक्षेपको घोषणा नभएकोले स्थानीय समुदायका नेताहरूले दुवै पक्षका बन्दीहरूको रिहाइको लागि मध्यस्थता र वार्ता गर्ने प्रयास गरिरहेका छन् ।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार