Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

हस्ताक्षर अभियान चलाएर निर्वाचनलक्षित राजनीति गर्ने कार्यले समाजमा निराशा र अन्योलता थप्योः एमाले


काठमाडौँ। नेकपा (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले प्रतिपक्षी दलहरुद्वारा संसदमार्फत नकारात्मक भाष्य प्रवाह भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद मैनालीले प्रतिपक्षीदलहरु जनतालाई भ्रममा पारेर आफ्नो स्वार्थ पूर्तिमा लागेको आरोप लगाएका हुन् । उनले जनतालाई भ्रममा राखेर आफ्ना मनोकांक्षा पुरा गर्न विधिको शासन, संविधानको सर्वोच्चता र शक्ति पृथकिकरणको सिद्धान्तलाई समेत खिल्ली उडाइएको उल्लेख गर्दै यसमा सबै गम्भिर हुन जरुरी रहेको बताए । उनले रास्वपाललाई लक्षित गर्दै हस्ताक्षर अभियान चलाएर आगामी २०८४ को निर्वाचनलाई लक्षित गरी राजनीति गर्ने कार्यले समाजमा निराशा र अन्योलता थप्ने काम भएको बताए । सांसद मैनालीले संसदमा आफ्ना कुरा राख्ने र अरुको कुरा नसुनि बाहिरिने प्रवृत्तिप्रति पनि आपत्ति जनाए ।

उनले भने, ‘हामी संसदमा बसेर नकारात्मक भाष्य मात्र प्रवाह गरिरहेका छौं । हामी जनतालाई भ्रममा राखेर आफ्ना मनोकांक्षा पुरा गर्नको लागि विधिको शासन, संविधानको सर्वोच्चता, शक्ति पृथकिकरणको सिद्धान्तलाई समेत खिल्लि उडाउँदै चाहे त्यो संवैधानिक आयोगमा छानविन भइरहेको भिजिट सिसा प्रकरणको विषय होस्, चाहे अदालतमा विचाराधिन रहेको मुद्दाको सन्दर्भमा होस् । जुन हस्ताक्षर अभियान गरेर पार्टी निर्माणको पृष्ठभूमि र अगामी ०८४ को निर्वाचनलाई समेत ख्याल गर्दै प्रतिपक्षबाट जुन गतिविधि भएका छन् । यसले समाजमा निराशा र अन्यौलता सिर्जना गरेको छ । के यो जिराशा र अन्यौलता जनतालाई भड्काएर आफ्नो स्वार्थपूर्ति गर्ने अभिलासाबाट प्रकट भइरहेको छ ? संसदमा आफ्ना कुराहरु राख्ने र अन्यलाई बोल्न नदिने जुन परिपाटीको विकास भएको छ त्यो संसदीय मर्यादाभित्र रहन्छ ? हामीले जनताको भावनाअनुसार सुशासन, स्थायित्वको लगि एक भएर अगाडि बढ्नुपर्छ । ’

उनले संसदीय मर्यादाभित्र बसेर मुलुकमा सुशासन र स्थायित्वका लागि सबै दल एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?