Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

मान्छे नमार्ने थारु हत्यारा भयो, मान्छे मारेको स्वीकार गर्नेहरु सरकारसँगै छन् : रेशम चौधरी


काठमाडौँ। नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै मान्छे मारेको स्वीकार गर्नेहरुलाई केही नगरिएको टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो टिप्पण गरेका हुन् । उनले आफूलाई अहिले पनि टिकापुर हत्याकाण्ड गरिस् भनेर गाली गर्ने गरेको बताए । उनले आफू टिकापुर घटनामा घटनास्थलमै नरहेको भएपनि सबैभन्दा ठूलो हत्याको बिल्ला भिराइएको बताए । उनले मान्छे नमार्ने थारुहरु हत्यारा भएको तर मान्छे मार्नेहरु सरकारमा सँगै रहेर पनि मान्छे मारेको स्वीकार गर्नेहरुलाई यत्तिकै छोडिएको बताए । नेपाल न्याय मरेको देश भएको टिप्पणी गरे ।

संस्थापक चौधरीले भने, ‘म मेरो सामाजिक सञ्जालमा कहिले कहीँ हेर्छु । मार गाली गर्छन् मलाई । टिकापुर घटनामा मान्छे छैन, सबैभन्दा ठूलो हत्याको बिल्ला भिरेको छु । बच्चाको बाउ, आमा मसँग बिहान बेलुका हुनुहुन्छ । मेरो परिवारको बच्चा मर्यो , मलाई भन्छन् बच्चाको हत्याारा, हत्यारा, हत्यारा हँ । हामी मान्छे नमार्ने थारुहरु हत्यारा भयौँ । मान्छे मार्नेहरु उनैसँग छन् फेरि । सँगसँगै छन् । बडा पीडा छ दाई । न्याय मरेको देश । अब बिद्रोह गरौँ, केका लागि विद्रोह गर्ने ? कसलाई मार्नलाई विद्रोह गर्ने ? ’

संस्थापक चौधरीले मानिसहरु अब धेरै टाढिसकेको भन्दै विदेशको नागरिकता लिएर उतै बसेका मानिसहरुसँग आगामी चुनावमा हारिएला भनेर विदेशीहरुको भोट चलाउने प्रपञ्च भइरहेको बताए ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?