Trending
>>   शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित) >>   बालसंरक्षणमै समर्पित छु, राजनीतिक षड्यन्त्रका आरोप निराधार : इन्दिरा राना >>   अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु >>   स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षा कोष मातहत नल्याएकोमा अखिल नेपाल ट्रेड युनियन महासंघको आपत्ति >>   मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैनः राष्ट्रपति >>   लिम्पियाधुरामा व्यापारिक मार्ग खोल्ने सम्झौताको कुटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँः प्रवक्ता गुरुङ >>   विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छः नेशनल प्याब्सन >>   सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक >>   राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे >>   भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट
Logo
१६ भाद्र २०८२, मंगलवार
१६ भाद्र २०८२, मंगलवार

अहिलेको संघीय संरचना भत्काउनुपर्छः अध्यक्ष यादव


काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले समानतामा आधारित प्रणाली नभएसम्म लोकतान्त्रिक गणतन्त्रको अर्थ नरहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेशहरुको संरचना घुमाइ घुमाइ बनाइएको  जिकिर गरे । उनले ८ वटा जिल्ला मात्रै मधेस नभएको बताए । उनले बाँकी सबै ६ प्रदेशमा कम संख्या भएको समुदायको हाली मुहाली हुनेगरी बनाइएको बताउदै  संरचनागत विभेद भएको जिकिर गर्दै  नेपालमा प्रदेशहरुको आकार पहिचान  सामथ्र्यका आधारमा हनुपर्ने बताए ।

लोकतन्त्रलाई समावेशी लोकतन्त्र नबनाएसम्म, लैंगिक असमानता र विभेद अन्त्य नगरेसम्म मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि प्राप्त नहुने बताए । त्यसैले अहिलेको संघीयता संरचना भत्काउनुपर्ने बताए । अहिलेको संरचनामा सबै भाषाहरुलाई समानताका साथ मान्यता नदिइएको, दलित र गैरदलितको भेदभावको अन्त्य गर्न नसक्ने भएकाले अहिलेको संरचना भत्काउन जरुरी रहेको बताएका  छन् ।

अध्यक्ष यादवले भने, ‘प्रदेशहरुको संरचना, यसरी घुमाइ घुमाइ बनाइएको छ, ७ वटा प्रदेश । एउटा प्रदेश मधेस प्रदेशमा त्यहाँका समुदायको प्रतिनिधित्व छ यद्यपि ८ वटा जिल्ला मात्रै मधेस होइन । बाँकी सबै ६ प्रदेशमा कम संख्या भएको समुदायको हाली मुहाली हुनेगरी बनाइएको छ । यो के हो त भन्दा संरचनागत विभेद हो । स्ट्रक्चरल डेस्क्रिम्नेशन हो । जबसम्म नेपालमा यो प्रदेशहरुको आकार पहिचान र सामथ्र्यका आधारमा हुँदैन, लोकतन्त्रलाई समावेशी लोकतन्त्र बनाइँदैन, जनसंख्याका आधारमा प्रतिधित्व हुन पाउँदैन, जबसम्म सबै भाषाहरुलाई समानताका साथ जबसम्म मान्यता दिइँदैन, जबसम्म पुरुष र महिलाको बीचमा राज्यले महिलालाई विभेद जबसम्म गर्छ, राज्यले कायम राख्छ, राज्यले जबसम्म लैंगिक असमानता र विभेद अन्त्य गर्दैन, जबसम्म मधेसी र गैरमधेसी बीचको भेदभावको अन्त्य हुँदैन, जसबम्म दलित र गैरदलितको भेदभावको अन्त्य हुँदैन, जबसम्म आदिवासी र अन्यको बीचमा भेदभावको बीचमा विभेद अन्त्य हुँदैन । जबसम्म हुँदा खाने र हुने खानेबीचको विभदेका अन्त्य हुँदैन तबसम्म एउटा जाति, एउटा समुदाय र एउटा शासकलाई विशेष अवसर पाप्त हुन्छ, बाँकी वञ्चितिकरणमा परिरहन्छ । तबसम्म यो मुलुकमा न शान्ति, न स्थिरता, न विकास र न समृद्धि प्राप्त गर्न सकिन्छ । त्यसकारण यो संरचना अब भत्काउनुपर्छ, अन्त्य गर्नुपर्छ । राजनीतिक लोकतन्त्रलाई सामाजिक लोकतन्त्र र समावेशी लोकतन्त्रको रुमपा रुपान्तरण गर्नुपर्छ । जातिय वा लैंगिक वा धार्मिक, वा सांस्कृतिक, आर्थिक, राजनीतिक भेदभाव र असमानतालाई अन्त्य गरेर समानतामा आधारित जबसम्म प्रणाली हुँदैन तबसम्म लोकतान्त्रिक गणतन्त्र पनि अर्थहिन हो । एउटा राजा गयो, सय कडौँ छोटे राजाहरु तयार भए ।त्यो भनेको गणतन्त्रको मूल्य र मान्यता होइन ।’

अध्यक्ष यादवले समानताका आधारमा न्यायोचित वितरण नभएसम्म सामाजिक न्याय सम्भव नरहेको बताए । उनले समानता र सामाजिक न्याय नभएको ठाउँमा लोकतन्त्रको अर्थ नरहने बताएका छन् ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?