Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

रविमाथि राज्यले ज्यादती गरेको छः पूर्वप्रधानमन्त्री खनाल


  1. काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताएका छन् ।

शनिवार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले रविले गल्ती र कमजोरी गरेकै छैन भन्न आफूले नसक्ने बताए । तर पनि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको उनको आरोप छ ।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘मलाई पनि के लाग्छ भने रवि लामिछानेले गल्ती, कमजोरी गरेको छैन भनेर म कसरी पुष्टि गरौँ र । तर रवि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको कुरा छ भन्ने मलाई पनि महशुस छ ।’

सहकारी ठगी प्रकरणमा अदालतले थुनामा पठाउन आदेश दिएसँगै लामिछाने थुनामा रहेका छन् ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?