Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

संसदीय शासन व्यवस्था पुँजीपति वर्गको लोकतन्त्र होः झलनाथ खनाल


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संसदीय प्रणाली पुँजीपति वर्गको लोकतन्त्र भएको टिप्पणी गरेका छन् ।

शनिवार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए । उनले पुँजीपति वर्गको लोकतन्त्रले आम जनताको हित गर्छ भन्नेकुराको कल्पना गर्न नसकिने बताए । पुँजीवादी लोकतन्त्रले विगतको राजतन्त्रको तुलनामा केही खुला वातावरण, केही अधिकार दिएको बताए । मान्छेले जबसम्म खाना, नाना र छानाको व्यवस्था पाउँदैन देशमा गरिबी, शोषण, अन्याय, अत्याचार रही रहन्छ त्यो लोकतन्त्र जनताको लोकतन्त्र नहुने बताएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘संसदीय शासन व्यवस्था भनेको पुँजीपती वर्गको लोकतन्त्र हो । पुँजीपति वर्गको लोकतन्त्रले आम जनताको हित गर्छ भन्नेकुराको कल्पनै गर्न सकिँदैन । पुँजीवादी लोकतन्त्रले खालि हिजोको निरंकुश राजतन्त्रको तुलनामा के दियो भन्दा अलि खुला वातावरण, केही हक अधिकार, बोल्ने, लेख्ने, आलोचना गर्ने अधिकार दियो । यि नराम्रा कुरा होइनन्, तर यही पर्याप्त होइन, खोइ खाने अधिकार, खोइ लगाउने अधिकार ? खोइ ओत लाग्ने अधिकार ? मान्छेले जबसम्म खाना, नाना र छानाको व्यवस्था जबसम्म हुँदैन, देशमा गरिबी, शोषण, अन्याय, अत्याचार रही रहन्छ त्यो लोकतन्त्र जनताको लोकतन्त्र हुँदैन ।’

पूर्वप्रधानमन्त्री खनालले जनताको लोतन्त्र प्राप्त गर्न समाजवादी लोकतन्त्रमा पुग्नु अनिवार्य रहेको छ ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?