Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

संसदीय शासन व्यवस्था पुँजीपति वर्गको लोकतन्त्र होः झलनाथ खनाल


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संसदीय प्रणाली पुँजीपति वर्गको लोकतन्त्र भएको टिप्पणी गरेका छन् ।

शनिवार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए । उनले पुँजीपति वर्गको लोकतन्त्रले आम जनताको हित गर्छ भन्नेकुराको कल्पना गर्न नसकिने बताए । पुँजीवादी लोकतन्त्रले विगतको राजतन्त्रको तुलनामा केही खुला वातावरण, केही अधिकार दिएको बताए । मान्छेले जबसम्म खाना, नाना र छानाको व्यवस्था पाउँदैन देशमा गरिबी, शोषण, अन्याय, अत्याचार रही रहन्छ त्यो लोकतन्त्र जनताको लोकतन्त्र नहुने बताएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘संसदीय शासन व्यवस्था भनेको पुँजीपती वर्गको लोकतन्त्र हो । पुँजीपति वर्गको लोकतन्त्रले आम जनताको हित गर्छ भन्नेकुराको कल्पनै गर्न सकिँदैन । पुँजीवादी लोकतन्त्रले खालि हिजोको निरंकुश राजतन्त्रको तुलनामा के दियो भन्दा अलि खुला वातावरण, केही हक अधिकार, बोल्ने, लेख्ने, आलोचना गर्ने अधिकार दियो । यि नराम्रा कुरा होइनन्, तर यही पर्याप्त होइन, खोइ खाने अधिकार, खोइ लगाउने अधिकार ? खोइ ओत लाग्ने अधिकार ? मान्छेले जबसम्म खाना, नाना र छानाको व्यवस्था जबसम्म हुँदैन, देशमा गरिबी, शोषण, अन्याय, अत्याचार रही रहन्छ त्यो लोकतन्त्र जनताको लोकतन्त्र हुँदैन ।’

पूर्वप्रधानमन्त्री खनालले जनताको लोतन्त्र प्राप्त गर्न समाजवादी लोकतन्त्रमा पुग्नु अनिवार्य रहेको छ ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?