Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्र सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

चालु आ.व.मा ललितपुर महानगरपालिकाको बेरुजु ०.५२ प्रतिशत


ललितपुर। महानगरपालिकाले चालु आर्थिक वर्षमा कुल ६८.१४ प्रतिशत खर्च गरेको छ ।

शनिवार पत्रकार सम्मेलन गरी महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनेले कुल ६८.१४ प्रतिशत खर्च गर्दा पुँजीगत खर्र्च भने ६०.६२ प्रतिशत गरेको बताएका हुन् । मेयर महर्जनकाअनुसार चालु आर्थिक वर्षमा महानगरपालिकाले चालु खर्च ८५.३२, राजश्व संकलन ७५ प्रतिशत र बेरुजु ०.५२ प्रतिशत रहेको छ । त्यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९३.५ प्रतिशत, वित्तीय जोखिम मूल्यांकन ९९.५ प्रतिशत र राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगबाट गरिएको मूल्यांकन ७४.७१ प्रतिशत रहेको बताएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पुँजीगततर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार, प्रशासनिक खर्चका लागि १ अर्ब ३३ करोड ३ लाख १८ हजार र सामाजिक सुरक्षा र सशर्त अनुदानतर्फ १ अर्ब ६३ करोड ६१ लाख विनियोजन गरेको छ ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?