Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

नागरिकलाई आयोडिनयुक्त गुणस्तरीय नुन उपलब्ध गराउन सरकार प्रतिवद्ध छः मन्त्री भण्डारी


काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आम नागरिकलाई आयोडिनयुक्त गुणस्तरी नुन उपलब्ध गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले विश्व स्वास्थ्य सङ्गठन लगायत संस्थाहरुका पछिल्ला तथ्यांकहरुले नुनसम्बन्धी नीति परिवर्तन गर्नुपर्ने देखाएको उल्लेख गर्दै यसका लागि सरकारले आवश्यक काम गरिरहेको बताए । उनले समय समयमा बाटो बिग्रने अवस्थाका कारण दुरदराजका जिल्लाहरुमा समयमै कोटाअनुसार नुन पुर्याउन समस्या पर्ने गरेको बताए ।

उनले भने, ‘विश्व स्वास्थ्य संगठनले दिएका पछिल्ला तथ्यांकहरुले पनि अब हामीले नुनसम्बन्धी नीतिहरु परिवर्तन गर्नुपर्ने हो कि जस्ता संवेदनशील कुराहरु आएका छन् । यी सबै तथ्यांकहरुमा छलफल गरेर सरकारका लागि अब के आवश्यक हो त भन्ने कुराको एउटा योजना बनाउनुपर्छ । त्यसका लागि हामी गम्भिर भएर लाग्छौं भन्ने कुराको प्रतिवद्धता व्यक्त गर्छौं । अहिले नुनसम्बन्धी दायित्व अर्को मन्त्रालयअन्तर्गत भएपनि यस्ता संवेदनशील विषयमा हामी सबै जिम्मेवार हुनुपर्छ । अहिले पनि नुनको मूल्यमा देशभर एकरुपता छैन । राज्यले सहुलियत दिएकै कारण काठमाडौंमा २६ रुपैयाँमा पाइने नुन बाजुरामा ९ रुपैयाँमा पाइन्छ । यो कुरालाई पनि बुझ्नुपर्छ । दुर्गम जिल्लाहरुमा नुन पुग्दासम्म लामो समय लाग्ने र बीचमा बाटो बिग्रिएको कारण कोटाअनुसार नुन पुर्याउन नसकिएको पनि सत्य हो । लामो समयसम्म बाटो बन्द हुँदा बाजुराका लागि लगिएको नुन अन्यत्र पठाउनुपर्ने पनि हुन्छ ।’

समितिले आयोडिनयुक्त नुनको उत्पादन तथा वितरणसम्बन्धी कानुन परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?