
वीरगञ्ज। महानगरपालिका वडा नम्बर १० मा स्वीमिङ प्रशिक्षणका क्रममा एक ९ वर्षीय बालकको डुबेर मृत्यु भएको छ ।
आदर्शनगरस्थित लड्र्स दियालो होटलको स्वीमिङ पुलमा बुधवार स्वीमिङ प्रशिक्षणका क्रममा डुबेर बालकको मृत्यु भएको हो । मृतक बजरंगी रौनियार प्रमोद रौनियारका छोरा हुन् । नेपाल स्वीमिङ एशोसिशसन पर्साले आयोजना गरेको १० दिने स्वीमिङ प्रशिक्षण कार्यक्रममा सहभागी बजरंगीको डुबेर अचेत भएपछि नारायणी अस्पताल पु¥याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरे ।
मृतकका बाबु प्रमोद रौनियारकाअनुसार प्रशिक्षक असेसर पटेल र उनकी छोरीले उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए । प्रमोदले आफू कार्यालयको कामले पोखरामा भएको बेला छोरालाई प्रशिक्षक असेसरले नै प्रशिक्षणका लागि लगेका थिए । उनले राति ८ बजे छोराको मृत्युको खबर पाएको बताए । मृतकका काका विकास रौनियारले प्रशिक्षकको लापरबाहीका कारण भतिजाको मृत्यु भएको आरोप लगाएका छन् ।
प्रकाशित मिति: २६ असार २०८२, बिहीबार