Trending
>>   शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित) >>   बालसंरक्षणमै समर्पित छु, राजनीतिक षड्यन्त्रका आरोप निराधार : इन्दिरा राना >>   अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु >>   स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षा कोष मातहत नल्याएकोमा अखिल नेपाल ट्रेड युनियन महासंघको आपत्ति >>   मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैनः राष्ट्रपति >>   लिम्पियाधुरामा व्यापारिक मार्ग खोल्ने सम्झौताको कुटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँः प्रवक्ता गुरुङ >>   विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छः नेशनल प्याब्सन >>   सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक >>   राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे >>   भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट
Logo
१६ भाद्र २०८२, मंगलवार
१६ भाद्र २०८२, मंगलवार

आज गुरु पूर्णिमा


काठमाडौँ। आज शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । आजका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइन्छ । वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिन्छ । साथै आज व्यास जयन्ती पनि मनाइँदै छ । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।

आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । नेपाल वेद विद्याश्रमका प्राध्यापक केशवप्रसाद अधिकारीले आज व्यास जयन्ती रहेको र यसलाई गुरु पूर्णिमाका रुपमा लिने गरिएको बताए । ज्ञान दुई परम्पराअनुसार चल्दै आउने एउटा विन्दु परम्परा र अर्को वेद परम्परा रहेको बताए । बिन्दु परम्परा भनेको छोरा नाती हुँदै जाने र वैदिक परम्परा भनेको एउटा गुरुबाट शिष्य हुँदै अघि बढ्ने परम्परा रहेको बताएका छन् । ज्ञान नेपालमा कमजोर बनेको बताउँदै पैसाका लागि पढ्ने कुराले समाज बिग्रिरहेको बताए । शास्त्रहरुमा गुरुलाई मार्ग दर्शकको रुपमा लिइएको र गरुकै कृपाले व्यक्ति सफल हुने भएकाले गुरुलाई पूजा गर्ने गरिएको बताउछन् नेपाल वेद विद्याश्रमका बटुक अनिष त्रिपाठी । जीवनको अन्धकार हटाएर प्रकाशमय ज्वाला छर्ने व्यक्ति नै गुरु भएको बताए ।

प्रधानाध्यापक अधिकारीले संस्कृत भाषा विश्वको शिर भएको बताए । असल नागरिक उत्पादन गर्ने हो भने संस्कृत शिक्षालाई बढी महत्व दिन जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?