Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

घरजग्गामा अनावश्यक रुपमा धेरै लगानी भइसकेकाले अब प्रोत्साहन गर्नुहुन्नः सांसद महत


काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले घरजग्गामा अनावश्यक रुपमा धेरै लगानी भइसकेकाले अब प्रोत्साहन गर्न नहुने बताएका छन् ।

आज अर्थ समितिमा भएको आगामी मौद्रिक नीतिबारेको छलफलमा उनले घरजग्गामा अत्याधिक अनावश्यक किसिमले ज्यादा लगानी भएको बताए । उनका अनुसार अब पनि त्यस क्षेत्रमा कर्जा विस्तार गर्न दिइनु हुँदैन । बैंकहरुले ठूला उद्योगहरुलाई मात्रै कर्जा दिएर धेरै झमेला खेप्न नचाहेको बताएका छन् । महतका अनुसार कृषि विकास बैंकले हाइड्रो पावरमा लगानी गर्दैछ । कृषिमा अझै कर्जा पुग्न सकिरहेको छैन ।

महतले भने– ‘घरजग्गामा भएको लगानी ठूलो भएको छ । अब प्रोत्साहन गर्न हुँदैन । उत्पादनशिल क्षेत्रमा लगानी प्रोत्साहन गर्नुपर्छ । जसले घरजग्गामा धेरै लगानी गरेर धेरै नाफा कमाउन खोज्दैछ, अब नोक्शानी व्यहोर्न तयार हुनुपर्यो । मौद्रिक नीति गत समयममा भएका कमीकमजोरीबाट पाठ सिक्न जरुरी छ । साना कर्जा लिनेलाई धेरै ठूलो समस्या रहेको छ ।’

उनका अनुसार व्यवसायीक रुपमा काम गर्न चाहनेलाई कर्जा दिने व्यवस्था आगामी नीतिले गर्नुपर्छ । उत्पादनमा आधारित कृषिलाई प्रोत्साहन गर्ने नीति र कर्पोरेट कल्चरको अभ्यास गराउनुपर्छ । सुपरभिजन कम भो, रेगुलेसन बढि भएको उनले बताए ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?