Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

घरजग्गामा अनावश्यक रुपमा धेरै लगानी भइसकेकाले अब प्रोत्साहन गर्नुहुन्नः सांसद महत


काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले घरजग्गामा अनावश्यक रुपमा धेरै लगानी भइसकेकाले अब प्रोत्साहन गर्न नहुने बताएका छन् ।

आज अर्थ समितिमा भएको आगामी मौद्रिक नीतिबारेको छलफलमा उनले घरजग्गामा अत्याधिक अनावश्यक किसिमले ज्यादा लगानी भएको बताए । उनका अनुसार अब पनि त्यस क्षेत्रमा कर्जा विस्तार गर्न दिइनु हुँदैन । बैंकहरुले ठूला उद्योगहरुलाई मात्रै कर्जा दिएर धेरै झमेला खेप्न नचाहेको बताएका छन् । महतका अनुसार कृषि विकास बैंकले हाइड्रो पावरमा लगानी गर्दैछ । कृषिमा अझै कर्जा पुग्न सकिरहेको छैन ।

महतले भने– ‘घरजग्गामा भएको लगानी ठूलो भएको छ । अब प्रोत्साहन गर्न हुँदैन । उत्पादनशिल क्षेत्रमा लगानी प्रोत्साहन गर्नुपर्छ । जसले घरजग्गामा धेरै लगानी गरेर धेरै नाफा कमाउन खोज्दैछ, अब नोक्शानी व्यहोर्न तयार हुनुपर्यो । मौद्रिक नीति गत समयममा भएका कमीकमजोरीबाट पाठ सिक्न जरुरी छ । साना कर्जा लिनेलाई धेरै ठूलो समस्या रहेको छ ।’

उनका अनुसार व्यवसायीक रुपमा काम गर्न चाहनेलाई कर्जा दिने व्यवस्था आगामी नीतिले गर्नुपर्छ । उत्पादनमा आधारित कृषिलाई प्रोत्साहन गर्ने नीति र कर्पोरेट कल्चरको अभ्यास गराउनुपर्छ । सुपरभिजन कम भो, रेगुलेसन बढि भएको उनले बताए ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?