Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

तरलता धेरै हुँदा पनि शिथिलता निम्तिनुको एउटा कारण बैंकको लाइसेन्स बन्द गरिनु होः नरबहादुर थापा


काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले तरलता धेरै हुँदा पनि अर्थतन्त्रमा शिथिलता निम्तिनुको एउटा कारण बैंकको लाइसेन्स बन्द गरिनु रहेको बताएका छन् ।

आगामी मौद्रिक नीतिबारे अर्थ समितिमा बुधवार भएको छलफलमा थापाले तदर्थवादले मुलुक चल्न नहुने बताउँदै देशलाई वाणिज्य बैंकमय बनाउनु गलत भएको बताएका हुन् । उनका अनुसार बैंकको लाइसेन्स बन्द गर्ने नीति गलत छ । नेपालले सित्तैमा अर्बौंको अर्बमा विदेशी मुद्रा पाइरहेको र नीति निर्माता मात्तिएको अवस्था रहेको उनले बताए । सरकारले वैकल्पिक वित्त कोषको व्यवस्था गर्नु राम्रो भएको बताउँदै यसको कार्यान्वयन गरिनुपर्ने बताए ।

थापाले भने– ‘अर्थतन्त्र चलायमान छैन । निराशा छ । यो अवस्था आउनुको कारण राष्ट्र बैंक र सरकारले विभिन्न समयमा ल्याएका नीतिहरुको धक्का हो । यो मुलुक वाणिज्य बैंकमय भयो । वित्तीय क्षेत्र अधिक तरलता हुदा पनि अर्थतन्त्र चलायमान हुन नसक्नु कारण लाइसेन्स बन्द गरियो सोही कारणले हो यो खोल्नुपर्यो । बजेट आइसकेको छ, वित्त नीति, त्यसलाई सर्पोट गर्ने मौद्रिक नीति आउनुपर्छ । उहाँका अनुसार आगामी मौद्रिक नीति बनाउँदा अर्थतन्त्रको संरचना हेरिनुपर्छ ।’

लगानी घटिरहेको देशमा उच्च आर्थिक वृद्धि कसरी हुनसक्छ भन्दै प्रश्न गरे ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?