Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

तरलता धेरै हुँदा पनि शिथिलता निम्तिनुको एउटा कारण बैंकको लाइसेन्स बन्द गरिनु होः नरबहादुर थापा


काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले तरलता धेरै हुँदा पनि अर्थतन्त्रमा शिथिलता निम्तिनुको एउटा कारण बैंकको लाइसेन्स बन्द गरिनु रहेको बताएका छन् ।

आगामी मौद्रिक नीतिबारे अर्थ समितिमा बुधवार भएको छलफलमा थापाले तदर्थवादले मुलुक चल्न नहुने बताउँदै देशलाई वाणिज्य बैंकमय बनाउनु गलत भएको बताएका हुन् । उनका अनुसार बैंकको लाइसेन्स बन्द गर्ने नीति गलत छ । नेपालले सित्तैमा अर्बौंको अर्बमा विदेशी मुद्रा पाइरहेको र नीति निर्माता मात्तिएको अवस्था रहेको उनले बताए । सरकारले वैकल्पिक वित्त कोषको व्यवस्था गर्नु राम्रो भएको बताउँदै यसको कार्यान्वयन गरिनुपर्ने बताए ।

थापाले भने– ‘अर्थतन्त्र चलायमान छैन । निराशा छ । यो अवस्था आउनुको कारण राष्ट्र बैंक र सरकारले विभिन्न समयमा ल्याएका नीतिहरुको धक्का हो । यो मुलुक वाणिज्य बैंकमय भयो । वित्तीय क्षेत्र अधिक तरलता हुदा पनि अर्थतन्त्र चलायमान हुन नसक्नु कारण लाइसेन्स बन्द गरियो सोही कारणले हो यो खोल्नुपर्यो । बजेट आइसकेको छ, वित्त नीति, त्यसलाई सर्पोट गर्ने मौद्रिक नीति आउनुपर्छ । उहाँका अनुसार आगामी मौद्रिक नीति बनाउँदा अर्थतन्त्रको संरचना हेरिनुपर्छ ।’

लगानी घटिरहेको देशमा उच्च आर्थिक वृद्धि कसरी हुनसक्छ भन्दै प्रश्न गरे ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?