Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

चक्कु प्रहार गरी फरार प्रतिवादी पक्राउ


काठमाडौँ। चक्कु प्रहार गरी हत्या गर्ने फरार प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ बस्ने वर्ष ६५ का वासुदेवप्रसाद साहलाई उनकै नाताका ज्वाईं पर्ने वर्ष ५५ को बेचन महासेठले हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । प्रतिवादी बेचन महासेठ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ मा बस्ने गरेका थिए । पारिवारिक झैझगडाका कारण हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । महासेठ आफ्नै ससुरा वासुदेवमाथि चक्कु प्रहार गरी फरार भएका थिए । महासेठलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले जनकनन्दनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए । प्रहरीका अनुसार महासेठले गत असार १८ गते पारिवारिक विवादका कारण रिसइबीमा आफ्नै ससुराको पेटमा चक्कु प्रहार गरी हत्या गरेका थिए ।

प्रहरी अनुसन्धानका क्रममा घटनास्थलमा प्रयोग गरिएको स्टिलको चक्कु र अभियुक्तले प्रयोग गरेको मधेस प्रदेश ०२–००७ प. ९९३२ नम्बरको रातो–कालो रंगको होन्डा स्कुटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?