Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

युएनएचआरसीद्वारा मानव अधिकारको उपभोगमा विकासको योगदान शिर्षकको प्रश्ताव पारित


एजेन्सी। संयुक्त राष्ट्र मानव अधिकार परिषद् (युएनएचआरसी) को ५९ औं सत्रले मंगलवार सबै मानव अधिकारको उपभोगमा विकासको योगदान शिर्षकको प्रश्ताव सर्वसम्मतिले पारित गरेको छ ।

चीनले २०१७ मा प्रश्ताव शुरु गरेपछि यो पहिलो पटक मतदान बिना सहमतिबाट पारित गरिएको छ । जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय र स्विट्जरल्याण्डका अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका लागि चीनका स्थायी प्रतिनिधि चेन सुले यो प्रश्तावले सबै मानव अधिकारको उपभोग सुनिश्चित गर्न विकासको महत्वपूर्ण भुमिकालाई पुनः पुष्टि गरेको बताए । राम्रो जीवनको लागि बढ्दो आकांक्षाहरू पूरा गर्न र मानव अधिकारको पूर्ण प्राप्तिलाई अगाडि बढाउन जनता–केन्द्रित उच्च–गुणस्तरको विकासको महत्वलाई प्रकाश पार्ने बताए ।

यो प्रश्तावले धेरै विकासशील देशहरूको साझा आकांक्षालाई प्रतिबिम्बित गर्दछ । यसलाई क्यामरुन र पाकिस्तानसहित ४० भन्दा बढी राष्ट्रहरूले संयुक्त रूपमा प्रायोजित गरेका थिए । क्युबा, बोलिभिया, इथियोपिया र केन्या जस्ता देशका प्रतिनिधिहरूले दृढ समर्थन व्यक्त गरेका छन् । यो प्रश्तावले मानव अधिकारको प्रवद्र्धनमा विकासको भुमिकाको बारेमा विश्वव्यापी जागरूकता बढाउन र दिगो विकासमार्फत मानव अधिकार संरक्षणको कारणलाई अगाडि बढाउन मद्दत गर्नेछ ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?