Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

त्रिभूवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएकोप्रति माओवादीको आपत्ति


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले त्रिभूवन विश्वविद्यालयको सिनेट बैठक स्थगित गरिएकोप्रति आपत्ति जनाउँदै तत्काल बैठक राख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उपमहासचिव पुनले प्रधानमन्त्री स्वयं त्रिभुवन विश्वविद्यालयको कुलपति रहेको स्मरण गराउँदै सिनेट बैठक अविलम्व बोलाउन ध्यानाकर्षण गराएका हुन् । उनले त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर तुरुन्त निर्माण गर्न माग गर्दै सरकारसँग लाखौं युवाको भविष्यप्रति उत्तरदायी बन्न आग्रह पनि गरे ।

उनले भने, ‘नेपालै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयको कुलपति सम्माननीय प्रधानमन्त्रीज्यू हुनुहुन्छ । यसै हप्ता बोलाइएको सिनेटको बैठक आकस्मिक रुपले स्थगित गरियो । गत वर्ष पनि यस्तै प्रकारको घटना घटेको थियो । तत्कालीन भिसीले सरकारको असहयोगका कारणले आफूले राजीनामा दिएको अनौपचारिक टिप्पणी पनि आएका छन् । म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु टियु सिनेटको बैठक अविलम्व राखियोस्, शैक्षिक क्यालेण्डर बनाइयोस् र लाखौं युवाहरुको शैक्षिक गुणस्तर सुधार गर्दै युवाहरुको भविष्य सुनिश्चित गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँछु ।’

उनले विश्वविद्यालयका तत्कालीन भिसीले सरकारको असहयोगको कारण राजीनामा दिएको भन्ने अनौपचारिक कुराहरु आएको उल्लेख गर्दै शिक्षा क्षेत्रको विकासका लागि सरकारलाई गम्भिर बन्न पनि आग्रह गरे ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?