Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

सिराहामा शिक्षकद्वारा १० छात्रामाथि यौन दुर्व्यवहार, सांसद थपलियाद्वारा गृहमन्त्रीको ध्यानाकर्षण


काठमाडौँ। नेकपा (एमाले)की सांसद सम्झना थपलियाले सिराहाको गोलबजार नगरपालिका– ८ चोहर्वास्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षकले छात्राहरुमाथि यौन दुव्र्यवहार गरेको विषयमा गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएकी छिन् ।

मंगलवारको प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद थपलियाले विद्यालयका १० जना छात्रामाथि शिक्षक हरी श्रेष्ठले यौनजन्य दुव्र्यवहार गरेको भएपनि विद्यालय प्रशासनले कुनै कारबाही प्रक्रिया नथालेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएकी हुन् । उनले जिल्लाकै नमूना विद्यालय रहेको जनता नमूनामा पछिल्लो दश वर्षमा करिव १५ करोड अनुदान गएको भएपनि माध्यमिक शिक्षा परीक्षाको नतिजा समेत शुन्य आएको बताईन् ।

लामो समयदेखि शारिरिक यौन हिंसामा परेका किशोरीहरु मानसिक रुपमा थलिएको उल्लेख गर्दै शिक्षकमाथि यथाशिघ्र कारबाही प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?