Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

विपद्को सामना गर्न सरकारले तयारी गरोस्ः महामन्त्री शर्मा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्राकृतिक विपद् प्रतिकार्यका लागि सरकार गम्भिर हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बर्खाको समयमा हुने बाढी–पहिरोजस्ता घटना भइसकेपछि मात्र बैठक बस्ने परिपार्टीको अन्त्य गर्नुपर्ने समेत बताए । उनी विप्दको सामना गर्न सरकारले जोखिमयुक्त ठाउँहरुमा आवश्यक पूर्वतयारीमा लाग्नुपर्ने बताए । उनले सोमवार राति चीनतर्फबाट आएको बाढीका कारण प्रभावित भएकाहरुको उद्धार र राहतमा समेत गम्भिर भएर लाग्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘प्राकृतिक विपद् हाम्रो देशले निरन्तर व्यहोर्दै आएकै छ । बर्खाको बेलामा त व्यहोथ्र्यो नै जलवायु परिवर्तनको कारण गत वर्ष हामीले बेमौसममा पनि यस्तो खालको विपत्ति व्यहोर्यौं । घट्ना हुने र हुँदैछ भनेर पूर्वानुमान भइरहेकै छ । त्यसकारणले घटना भइसकेपछि गम्भिरतापूर्वक बैठक बस्ने होइन । सम्पूर्ण तयारीका साथ सरकारले युद्धस्तरमै आउँदो विपद्लाई सामना गर्ने तयारी गरोस् । चीनबाट जुन बाढी आएको छ । त्यो जलवायु परिवर्तनकै कारण हो वा अरु केही ? विज्ञहरुबाट विचार आउन बाँकी नै छ । ’

चीनतर्फ ठूलो पानी परेको वा ड्याम फुटेर बाढी आएको हुनसक्ने अनुमान गरिएपनि अझै स्पष्ट भइसकेको छैन ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?