Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

विपद्को सामना गर्न सरकारले तयारी गरोस्ः महामन्त्री शर्मा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्राकृतिक विपद् प्रतिकार्यका लागि सरकार गम्भिर हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बर्खाको समयमा हुने बाढी–पहिरोजस्ता घटना भइसकेपछि मात्र बैठक बस्ने परिपार्टीको अन्त्य गर्नुपर्ने समेत बताए । उनी विप्दको सामना गर्न सरकारले जोखिमयुक्त ठाउँहरुमा आवश्यक पूर्वतयारीमा लाग्नुपर्ने बताए । उनले सोमवार राति चीनतर्फबाट आएको बाढीका कारण प्रभावित भएकाहरुको उद्धार र राहतमा समेत गम्भिर भएर लाग्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘प्राकृतिक विपद् हाम्रो देशले निरन्तर व्यहोर्दै आएकै छ । बर्खाको बेलामा त व्यहोथ्र्यो नै जलवायु परिवर्तनको कारण गत वर्ष हामीले बेमौसममा पनि यस्तो खालको विपत्ति व्यहोर्यौं । घट्ना हुने र हुँदैछ भनेर पूर्वानुमान भइरहेकै छ । त्यसकारणले घटना भइसकेपछि गम्भिरतापूर्वक बैठक बस्ने होइन । सम्पूर्ण तयारीका साथ सरकारले युद्धस्तरमै आउँदो विपद्लाई सामना गर्ने तयारी गरोस् । चीनबाट जुन बाढी आएको छ । त्यो जलवायु परिवर्तनकै कारण हो वा अरु केही ? विज्ञहरुबाट विचार आउन बाँकी नै छ । ’

चीनतर्फ ठूलो पानी परेको वा ड्याम फुटेर बाढी आएको हुनसक्ने अनुमान गरिएपनि अझै स्पष्ट भइसकेको छैन ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?