Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

चौथो वागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग असार २६ देखि


काठमाडौँ। चौथो वागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग सञ्चालन हुने भएको छ ।

चौथो वागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता असार २६ गतेदेखि असार २८ गतेसम्म तारकेश्वर नगरपालिका धर्मस्थलीमा हुने आयोजकले बताएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिल्ला समन्वय समिति काठमाडौंले यसै प्रतियोगितामा पहिलो पटक नेपालले तेक्वान्दो खेलमा वरियता सहितको खेलाडी पाउने बताएको छ ।

जिल्ला समन्वय समितिको घोषणा कार्यक्रमअनुसार उत्कृष्ट एक महिला र एक पुरुषले काठमाडौं जिल्ला समन्वय समितिको तर्फबाट एक÷एक वटा ई–स्कुटर पाउनेछन् । अन्य प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई प्रथम १५ हजार, द्वितिय १० हजार र तृतीय स्थान हाँसिल गर्ने दुई जनालाई ५÷५ हजार नगद पुरस्कार दिइनेछ । पुरस्कार १० वटै तौल समूहलाई प्रदान गरिनेछ । लिगमा पुरुषमा पाँच तथा महिलामा पाँच गरी जम्मा १० तौल समूहमा प्रतिष्पर्धा हुने आयोजकले बताएको छ ।

पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८) केजी तौल समूहहरु साथै महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तौल समूहमा प्रतिष्पर्धा हुनेछन् । लिगमा पहिलो हुने खेलाडीले १० अंक, दोस्रोले ७ अंक, तेस्रो हुनेले ३ अंक र प्रत्येक खेल विजेताले १ अंक पाउनेछन् । हरेक लिगका प्रत्येक तौल समूहका पदक विजेताका हकमा जिल्ला बाहिरका खेलाडीहरुलाई खान, बस्न र यातायात लगायतका खर्च जिल्ला समन्वय समिति काठमाडौंले व्यवस्थापन गर्ने बताइएको छ । हरेक लिगका विजेतालाई पदक तथा प्रमाण पत्रको व्यवस्था गरिएको पनि बताइएको छ ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?