Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

चौथो वागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग असार २६ देखि


काठमाडौँ। चौथो वागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग सञ्चालन हुने भएको छ ।

चौथो वागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता असार २६ गतेदेखि असार २८ गतेसम्म तारकेश्वर नगरपालिका धर्मस्थलीमा हुने आयोजकले बताएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिल्ला समन्वय समिति काठमाडौंले यसै प्रतियोगितामा पहिलो पटक नेपालले तेक्वान्दो खेलमा वरियता सहितको खेलाडी पाउने बताएको छ ।

जिल्ला समन्वय समितिको घोषणा कार्यक्रमअनुसार उत्कृष्ट एक महिला र एक पुरुषले काठमाडौं जिल्ला समन्वय समितिको तर्फबाट एक÷एक वटा ई–स्कुटर पाउनेछन् । अन्य प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई प्रथम १५ हजार, द्वितिय १० हजार र तृतीय स्थान हाँसिल गर्ने दुई जनालाई ५÷५ हजार नगद पुरस्कार दिइनेछ । पुरस्कार १० वटै तौल समूहलाई प्रदान गरिनेछ । लिगमा पुरुषमा पाँच तथा महिलामा पाँच गरी जम्मा १० तौल समूहमा प्रतिष्पर्धा हुने आयोजकले बताएको छ ।

पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८) केजी तौल समूहहरु साथै महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तौल समूहमा प्रतिष्पर्धा हुनेछन् । लिगमा पहिलो हुने खेलाडीले १० अंक, दोस्रोले ७ अंक, तेस्रो हुनेले ३ अंक र प्रत्येक खेल विजेताले १ अंक पाउनेछन् । हरेक लिगका प्रत्येक तौल समूहका पदक विजेताका हकमा जिल्ला बाहिरका खेलाडीहरुलाई खान, बस्न र यातायात लगायतका खर्च जिल्ला समन्वय समिति काठमाडौंले व्यवस्थापन गर्ने बताइएको छ । हरेक लिगका विजेतालाई पदक तथा प्रमाण पत्रको व्यवस्था गरिएको पनि बताइएको छ ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?