Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

लोकतान्त्रिक शासन पद्धतिलाई जीवनपद्धतिका रुपमा अवलम्वन गरौँः राष्ट्रपति


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्व भएको बताएका छन् ।

सोमवार शितल निवासमा मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको बद्रि पहाडी समाजसेवा पुरस्कार प्रदान गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली जनताको त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । नेपालीहरुले रोजेको लोकतान्त्रिक शासन पद्धतिलाई जीवनपद्धतिका रुपमा अवलम्वन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता भएको उल्लेख गरे । सुशासनको प्रत्याभुतिसहति शान्ति, न्याय र स्वतन्त्रताको अनुभुति अम नागरिकलाई गराउन उत्तिकै जरुरी रहेको बताए ।

राष्ट्रपति पौडेलले भने , ‘सामाजिक न्यायको लागि समाजको अभियान र योगदान महत्वपूर्ण छ । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ र शान्ति प्रक्रियामा समाजले निर्वाह गरेको भुमिका प्रशंसनीय छ । समाजमा योगदान गरेका मानिसहरुको नाममा स्थापित पुरस्कार प्रदान गर्ने यस्तो अभ्यासले मानिसलाई असल काम गर्न प्रेरित गर्दछ । बद्रिप्रसाद पहाडी सामाजिक क्षेत्रमा परिचित हुनुहुन्छ । नेपाली जनताको त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । हामीले रोजेको लोकतान्त्रिक शासन पद्धतिलाई जीवनपद्धतिका रुपमा अवलम्वन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता हो । सुशासनको प्रत्याभुतिसहति शान्ति, न्याय र स्वतन्त्रताको अनुभुति अम नागरिकलाई गराउन उत्तिकै जरुरी छ । राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु हाम्रो साझा दायित्व हो ।’

राष्ट्रपति पौडेलले समाजमा योगदान गरेका मानिसहरुको नाममा स्थापित पुरस्कार प्रदान गर्ने अभ्यासले मानिसलाई असल काम गर्न प्रेरित गर्ने बताए ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?