Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

लोकतान्त्रिक शासन पद्धतिलाई जीवनपद्धतिका रुपमा अवलम्वन गरौँः राष्ट्रपति


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्व भएको बताएका छन् ।

सोमवार शितल निवासमा मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको बद्रि पहाडी समाजसेवा पुरस्कार प्रदान गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली जनताको त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । नेपालीहरुले रोजेको लोकतान्त्रिक शासन पद्धतिलाई जीवनपद्धतिका रुपमा अवलम्वन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता भएको उल्लेख गरे । सुशासनको प्रत्याभुतिसहति शान्ति, न्याय र स्वतन्त्रताको अनुभुति अम नागरिकलाई गराउन उत्तिकै जरुरी रहेको बताए ।

राष्ट्रपति पौडेलले भने , ‘सामाजिक न्यायको लागि समाजको अभियान र योगदान महत्वपूर्ण छ । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ र शान्ति प्रक्रियामा समाजले निर्वाह गरेको भुमिका प्रशंसनीय छ । समाजमा योगदान गरेका मानिसहरुको नाममा स्थापित पुरस्कार प्रदान गर्ने यस्तो अभ्यासले मानिसलाई असल काम गर्न प्रेरित गर्दछ । बद्रिप्रसाद पहाडी सामाजिक क्षेत्रमा परिचित हुनुहुन्छ । नेपाली जनताको त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । हामीले रोजेको लोकतान्त्रिक शासन पद्धतिलाई जीवनपद्धतिका रुपमा अवलम्वन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता हो । सुशासनको प्रत्याभुतिसहति शान्ति, न्याय र स्वतन्त्रताको अनुभुति अम नागरिकलाई गराउन उत्तिकै जरुरी छ । राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु हाम्रो साझा दायित्व हो ।’

राष्ट्रपति पौडेलले समाजमा योगदान गरेका मानिसहरुको नाममा स्थापित पुरस्कार प्रदान गर्ने अभ्यासले मानिसलाई असल काम गर्न प्रेरित गर्ने बताए ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?