Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : मन्त्री शर्मा


२४ चैत्र, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सबै भू–भागमा यथाशीघ्र टेलिफोन र सूचना प्रविधिको सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग उठेका जिज्ञासाको सम्बोधन गर्दै उनले जनशक्ति र कार्यक्षमता बढाएर टेलिफोन र प्रविधि क्षेत्रको विकासलाई राष्ट्रहितका पक्षमा अघि बढाउने विश्वास दिलाएकी हुन् ।

‘देशमा टेलिफोन र सूचना प्रविधिको गुणस्तरीय सेवा पुर्‍याउन अझै चुनौती छ, मोबाइललगायत सर्भरमा आएको समस्या हटाउँदै सुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि प्रयास भइरहेको छ,’– मन्त्री शर्माले भनिन् ।

अहिले पनि मुलुकका मुख्य राजमार्गका कतिपय स्थानमा टेलिफोन सेवाको सहज पहुँच नभएको उल्लेख गर्दै उनले राजमार्गमा देखिएका समस्या छिटो समाधान गरी अघि बढ्ने प्रयास भइरहेको जानकारी दिईन् ।

काठमाडौँ उपत्यकालगायत कतिपय सहरी क्षेत्रमा घरधनीले टावर राख्न नदिएका कारण टेलिफोन सेवा विस्तारमा चुनौती देखिएको बताउँदै मन्त्री शर्माले सरोकारवाला पक्षसँग छलफल गरी दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक कार्यान्वयनमा ल्याइने बताईन् ।

मन्त्रालयका काम–कारबाही र विधेयकसँग जोडेर भ्रम फैलाउने काम नगर्न आग्रह गर्दै उनले नयाँ बन्ने कानुनमा पनि कसैको फोन टेप गर्ने प्रावधान नराखिने स्पष्ट पारिन् ।

‘राष्ट्रहित र कानुनभन्दा बाहिर गएर कुनै काम गरिने छैन । दूरसञ्चार क्षेत्रको विकास र विस्तारका लागि नयाँ कानुन बनाउनुपर्ने आवश्यकता छ, पुराना कानुन हटाएर नयाँ कानुनको मस्यौदा निर्माण गर्ने क्रममा सरोकारवालालाई बोलाएर सल्लाह र सुझाव लिनेछौँ,’– उनले भनिन् ।

हुलाक सेवालाई पुनःसंरचना गर्ने विषयमा कुनै विवाद नरहेको उल्लेख गर्दै मन्त्री शर्माले सरकारले सबै पक्षमा काम गर्दा कानुन र नियममा टेकेरमात्र गर्ने स्पष्ट परिन् । उनले आमसञ्चार, सूचना प्रविधि, चलचित्र, टेलिकमलगायत क्षेत्रमा देखिएका समस्या समाधान गर्दै नयाँ कार्यक्रमकोे दायित्वलाई व्यवस्थित रूपमा अघि बढाउन मन्त्रालय सक्षम रहेको बताईन् ।

मन्त्री शर्मासँग प्रतिनिभि सभा सदस्य रघुजी पन्त, गगनकुमार थापा, रामहरि खतिवडा र ज्ञानबहादुर शाहीले प्रश्न सोधेका थिए ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?