Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

देशको विकास वाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने होः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वाह्य सहयोगले मात्रै देश विकास नहुने बताएका छन् ।

सोमवार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वाह्य सहयोगले मात्रै देश विकास हुने नभएर देश आफ्नै पौरखले विकास हुने बताए । उनले नेपाल पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश भएको जिकिर गरे । अरुले सहयोग नगर्दा पनि चीन जस्तो जनसंख्या र भूगोलले ठूलो भएको देश बन्ने तर नेपाल नबन्ने भन्ने नहुने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश नेपाल हो । कामकै लागि तीन मिलियन मान्छे बाहिर छन् । कामकै लागि गएका छन् । काम गर्ने जाति हो भनेर स्थापित छन् । अरुले सहयोग गरेनन् भन्ने हो भने चीन जत्रो देश सबैभन्दा ठूलो जनसंख्या, भूगोल भएको देश हो । चीनको विकास हुने, जुन देशका जनतालाई एक छाक खाना खाने सहयोग कसैले गर्न सक्दैन, डेढ अर्बलाई खाना कसले खुवाउन सक्छ । आफैँ खाने बाहेक अरुले खुवाइदिन त सम्भव नै छैन । आफ्नो बन्दोबस्त आफूले गर्ने बाहेक अरु कुनैले बन्दोबस्त गर्ने सम्भावना नै छैन । त्यस्तो देशले विकास कसरी गर्यो त ? वाह्य सहयोगले मात्रै विकास हुने होइन, आफ्नै पौरखले विकास हुने हो खासमा । तर हाम्रो देश विकास हुँदैन । यस्तो भूगोल छ ।’

प्रधानमन्त्री ओलीले नेपालमा केही विपरित कुराहरु भइरहेको बताए ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?