Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

जाजरकोट भूकम्पपीडितको पुनःस्थापनामा सरकार उदासिन देखियोः माओवादी केन्द्र


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले सरकार जाजरकोट भूकम्पपीडितहरूको पुनःस्थापना गर्न उदासिन देखिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद बस्नेतले भूकम्पले भत्किएका घरहरुमा वर्षाको समयमा थप जोखिम निम्त्याएको भएपनि सरकारले डिडिएको नाममा पुनःनिर्माण गर्न ढिलाई गरिरहेको भन्दै आपीत्त जनाएका हुन् । उनले भूकम्पले चर्किएका कुनैपनि घरहरु बस्नयोग्य नरेहको उल्लेख गर्दै सबै प्रभावित घरहरुको पुनःनिर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक रहेके बताए ।

उनले भने, ‘सभामुख महोदयमार्फत सरकारसँग माग गर्न चाहन्छु– पुनःनिर्मामा देखिएको ढिलासुस्ति अन्त्य गरियोस् । जोखिमयुक्त बस्तिहरुको पुर्नस्थापना सुनिश्चित गरियोस् । भूकम्पप्रभावित नागरिकको सम्मानजनक पुनःस्थापना गरियोस् ।’

उनले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा देखिएको ढिलासुस्ती अन्त्य सभामुखमार्फ सरकासँग माग गरेका छन् ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?