Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

जाजरकोट भूकम्पपीडितको पुनःस्थापनामा सरकार उदासिन देखियोः माओवादी केन्द्र


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले सरकार जाजरकोट भूकम्पपीडितहरूको पुनःस्थापना गर्न उदासिन देखिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद बस्नेतले भूकम्पले भत्किएका घरहरुमा वर्षाको समयमा थप जोखिम निम्त्याएको भएपनि सरकारले डिडिएको नाममा पुनःनिर्माण गर्न ढिलाई गरिरहेको भन्दै आपीत्त जनाएका हुन् । उनले भूकम्पले चर्किएका कुनैपनि घरहरु बस्नयोग्य नरेहको उल्लेख गर्दै सबै प्रभावित घरहरुको पुनःनिर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक रहेके बताए ।

उनले भने, ‘सभामुख महोदयमार्फत सरकारसँग माग गर्न चाहन्छु– पुनःनिर्मामा देखिएको ढिलासुस्ति अन्त्य गरियोस् । जोखिमयुक्त बस्तिहरुको पुर्नस्थापना सुनिश्चित गरियोस् । भूकम्पप्रभावित नागरिकको सम्मानजनक पुनःस्थापना गरियोस् ।’

उनले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा देखिएको ढिलासुस्ती अन्त्य सभामुखमार्फ सरकासँग माग गरेका छन् ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?