Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानी गरेर संसदीय अभ्यासमा कलङ्कित कथा बुनियोः रास्वपा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संघीय निजामति विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा हेरफेर गरेर संसदीय अभ्यासमा कलङ्कित कथा बुनिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद झाले यस्तो टिप्पणी गरेका हुन् । विधेयकको सबैभन्दा गम्भीर र महत्वपूर्ण व्यवस्थामै छेडखानी गरेर सांसदहरुलाई नै ठग्ने काम भएको उनको भनाइ छ । उनले कुलिङ अफ पिरियड व्यवस्थामा हेरफेर सन्दर्भमा गठित छानविन समितिको नेतृत्व नेपाली काँग्रेसलाई दिन नहुने बताए । उनले भिजिटि भिसा प्रकरणमा समेत आफूहरुको आन्दोलन जारी रहेको बताएका छन् ।

उनले भने, ‘भिजिट भिसामार्फत भइराखेको संगठित अपराधसम्बन्धी हाम्रो आन्दोलन जारी नै छ । त्यो आन्दोलन जारी रहेकै बेला संसदीय अभ्यासमा एउटा कंलङ्कित कथा बुनियो । त्यो जुन कुलिङ पिरियडको बारेमा समिति सभापतिज्यूले प्रश्ताव गर्नुभएको भन्दा निकै फरक । र जुन मुद्दा सबैभन्दा गम्भिर र महत्वपूर्ण थियो त्यही मुलमा छेडखानी भएर यहाँ फरक आयो । त्यसमा हुन्छ हुदैन भन्दैमा हामी ठगियौं । यसमा संसदीय छानविन समिति बन्दैछ भन्ने कुरा थाहा पायौं त्यसमा हाम्रो सहमति पनि रहनेछ । तर जुन व्यक्तिमा औँला उठ्दैछ त्यो व्यक्तिको नाम जोडेर नै समिति बन्नुपर्छ भनेर तपाईहरुले विभिन्न किसिमको प्रपञ्च गर्नुभएको थियो । त्यो बिर्सिनुभएछ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विगत लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानविन आयोग गठनको माग गर्दै संसद अवरोध गर्दै आएका छन् ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?