Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

सर्वोच्चमा प्रश्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन


काठमाडौँ। सर्वोच्च अदालतका तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन भएको छ ।

सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिले तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको नाम अनुमोदन गरेको हो । सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापालाई अनुमोदन गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताईन् । न्याय परिषद् सदस्यमा प्रश्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको उनले बताएकी छिन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भने न्यायाधीश नियुक्ति समावेशी नभएको भन्दै बैठक बहिष्कार गर्यो । माओवादीको बहिष्कारका बाबजुत पनि संसदीय समितिले तीन न्यायाधीशहरु र एक न्याय परिषद् सदस्यको नाम अनुमोदन गरेको हो ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?