Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

संसदीय समितिमा राजनीतिक दलका प्रमुख सचेतकको ह्वीप मानिँदैनः माओवादी सांसद शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले संसदीय समितिमा राजनीतिक दलका प्रमुख सचेतकको ह्वीप नमान्ने बताएकी छिन् ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै सांसद शर्माले दलगत ह्वीप स्वीकार्य नहुने बताएकी हुन् । उनले समितिको बैठक शुरु नहुँदै विधेयकमा थप गर्नुपर्ने कुरा प्रश्ताव गर्नुको सट्टा बैठक नै स्थगित गर्ने प्रश्ताव आएको भन्दै आपत्ति जनाईन् ।

सांसद शर्माले भनिन, ‘कुनै राजनीतिक दलको प्रमुख सचेतकको ह्विप मान्न यो समिति बाध्य छैन, मानिदैन । त्यसकारण आ–आफ्ना ह्वीप कहाँ लाउने हो आफ्नो ठाउँमा लाउनु । समिति सभापतिज्युले टाढा टाढाबाट समितिका सदस्यहरुलाई बोलाएर बैठक राखेर बैठक सुरु नहुँदै बैठक स्थगितको प्रश्ताव आएपछि यसले राम्रो सन्देश दिन्छ ? यसले हामी राम्रो कानून बनाउँदैछौं भन्ने कुरामा कसरी सुनिश्चित हुन्छ ? अरु नयाँ कुरा आएको भएपनि हुन्थ्यो हामीले सहमति गरेका विषयहरुमा डोजर चलाइँदैछ । यस्तोमा हामी यो ठिक हो भनेर तालि बजाउन सक्छौं ?’

लगत्तै नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद शर्माको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै उठेर नियमापत्ति जनाए । समिति सभापति अम्मरबहादुर थापाले माफी मागेपछि सचेतक घिमिरे बसे । सांसद शर्माले सरकारले विधेयकका सन्दर्भमा सहमति भइसकेका विषयहरु बल्झाउने प्रयास गरिरहेको पनि टिप्पणी गरिन ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?