Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

संसदीय समितिमा राजनीतिक दलका प्रमुख सचेतकको ह्वीप मानिँदैनः माओवादी सांसद शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले संसदीय समितिमा राजनीतिक दलका प्रमुख सचेतकको ह्वीप नमान्ने बताएकी छिन् ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै सांसद शर्माले दलगत ह्वीप स्वीकार्य नहुने बताएकी हुन् । उनले समितिको बैठक शुरु नहुँदै विधेयकमा थप गर्नुपर्ने कुरा प्रश्ताव गर्नुको सट्टा बैठक नै स्थगित गर्ने प्रश्ताव आएको भन्दै आपत्ति जनाईन् ।

सांसद शर्माले भनिन, ‘कुनै राजनीतिक दलको प्रमुख सचेतकको ह्विप मान्न यो समिति बाध्य छैन, मानिदैन । त्यसकारण आ–आफ्ना ह्वीप कहाँ लाउने हो आफ्नो ठाउँमा लाउनु । समिति सभापतिज्युले टाढा टाढाबाट समितिका सदस्यहरुलाई बोलाएर बैठक राखेर बैठक सुरु नहुँदै बैठक स्थगितको प्रश्ताव आएपछि यसले राम्रो सन्देश दिन्छ ? यसले हामी राम्रो कानून बनाउँदैछौं भन्ने कुरामा कसरी सुनिश्चित हुन्छ ? अरु नयाँ कुरा आएको भएपनि हुन्थ्यो हामीले सहमति गरेका विषयहरुमा डोजर चलाइँदैछ । यस्तोमा हामी यो ठिक हो भनेर तालि बजाउन सक्छौं ?’

लगत्तै नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद शर्माको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै उठेर नियमापत्ति जनाए । समिति सभापति अम्मरबहादुर थापाले माफी मागेपछि सचेतक घिमिरे बसे । सांसद शर्माले सरकारले विधेयकका सन्दर्भमा सहमति भइसकेका विषयहरु बल्झाउने प्रयास गरिरहेको पनि टिप्पणी गरिन ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?