Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल


काठमाडौँ। नेकपा एमाले सांसद एकनाथ ढकालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन नसकिएको बताएका छन् ।

आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो । उनले नेपालको अहिले निरन्तर रुपमा चलेको एउटा मात्रै विमानस्थल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भएपनि यसलाई पनि राम्रोसँग व्यवस्थित गर्न नसकिएको बताए । विमानस्थलमा निरन्तर रुपमा लापरवाही हुने, सेवाग्राहीहरुले ढिलासुस्ती व्यहोर्नुपर्ने समस्या रहेको बताएका छन् ।

उनले भने, ‘नेपालको अहिले निरन्तर रुपमा चलेको एउटा मात्रै विमानस्थल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हो । यसलाई व्यवस्थित बनाउने सन्दर्भमा हामीले प्रतिनिधि सभाको बैठकमा पनि पटक पटक आवाज उठाइरहेका छौँ । तर विमानस्थल थप व्यवस्थित हुन सकिरहेको अनुभुति भएको छैन । यहाँ निरन्तर रुपमा लापरवाही हुने, सेवाग्राहीहरुले ढिलासुस्ती व्यहोर्नुपर्ने, जहाँज आउँछ, त्यसपछि इमिग्रेसनमा पनि चुस्त किसिमको सुविधा छैन । लगेज डेढ घण्टासम्म कुनुपर्ने स्थिति छ ।’

सांसद ढकालले विमानस्थलको कारण नै विदेशी नागरिकहरु नेपालमा आउनबाट भागिरहेको बताए । विमानस्थलमा सुविधाहरु यात्रुलाई दिन नसकिएको बताएका छन् । त्यसले देशकै बेइज्जत भइरहेको उनको भनाइ छ ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?