Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

बाजागाजाहरु जनताका आवाज पनि हुन्ः उपप्रमुख डंगोल


काठमाडौँ। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बाजा नेपालको संगीत र लयका सारथी मात्रै नभइ जनताका आवाजहरु पनि रहेको बताएकी छिन् ।

शुक्रवार काठमाडौंमा अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा परम्परागत टोल, गुथी, खलःहरुलाई आर्थिक अनुदान सहयोग गर्दै उनले यस्तो बताएकी हुन् । उनले हरेक टोल, समुदाय, कुच, गुठीहरुमा फरक फरक खालका मूर्त र अमूर्त सम्पदाहरु रहेको बताईन् । । मूर्त सम्पदाहरु शरीर जस्तै भएको बताउँदै मूर्त सम्पदाको सास, आत्मालाई अमूर्त सम्पदाले जीवित बनाउने बताईन् । अमूर्त सम्पदाको महत्वपूर्ण पाटो भनेको संगीत भएको बताएकी छिन् ।

उपप्रमुख डंगोलले , ‘हरेक टोल, समुदाय, कुच, गुठीहरुमा फरक फरक खालका सम्पदाहरु रहेका छन् । मूर्त र अमूर्त सम्पदाहरु रहेका छन् । मूर्त सम्पदाहरु हाम्रा शरीर जस्तै हुन् । मूर्त सम्पदाको सास, आत्मा जीवित अमूर्त सम्पदाले बनाउँछ । अमूर्त सम्पदाको निकै नै महत्वपूर्ण पाटो भनेको हाम्रो संगीत हो । सामाजिक, सांस्कृतिक, धार्मिक कार्यमा किन नहोस्, कुनै राजनीतिक अभियानमा नै किन नहोस् । विशेष गरी काठमाडौं महानगरपालिकाभित्र रहेको नेवार समुदायहरुको बाजाहरुको त्यत्तिकै नै महत्वपूर्ण रहेको छ । बाजाहरु संगीत र लय मात्रै होइनन्, हाम्रा आवाजहरु पनि हुन् । बाजाहरु बजुन्जेलसम्म नेवार समुदायको सबैको आवाज रही रहन्छ ।’

उपप्रमुख डंगोलले पुस्तौंदेखिका सीप र ज्ञानहरु पुस्तान्तरण गर्दै संस्कृतिहरुको संरक्षण गर्न जरुरी रहेको बताईन् । परम्परागत टोल, गुठी, खलहरुले आफ्नो समुदायको पहिचान गर्न मद्दत गरिरहेको बताएकी छिन् । पर्व, बाजा, जात्राहरुमा आफ्नो पहिचान रहेको बताईन् ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?