Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

बाजागाजाहरु जनताका आवाज पनि हुन्ः उपप्रमुख डंगोल


काठमाडौँ। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बाजा नेपालको संगीत र लयका सारथी मात्रै नभइ जनताका आवाजहरु पनि रहेको बताएकी छिन् ।

शुक्रवार काठमाडौंमा अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा परम्परागत टोल, गुथी, खलःहरुलाई आर्थिक अनुदान सहयोग गर्दै उनले यस्तो बताएकी हुन् । उनले हरेक टोल, समुदाय, कुच, गुठीहरुमा फरक फरक खालका मूर्त र अमूर्त सम्पदाहरु रहेको बताईन् । । मूर्त सम्पदाहरु शरीर जस्तै भएको बताउँदै मूर्त सम्पदाको सास, आत्मालाई अमूर्त सम्पदाले जीवित बनाउने बताईन् । अमूर्त सम्पदाको महत्वपूर्ण पाटो भनेको संगीत भएको बताएकी छिन् ।

उपप्रमुख डंगोलले , ‘हरेक टोल, समुदाय, कुच, गुठीहरुमा फरक फरक खालका सम्पदाहरु रहेका छन् । मूर्त र अमूर्त सम्पदाहरु रहेका छन् । मूर्त सम्पदाहरु हाम्रा शरीर जस्तै हुन् । मूर्त सम्पदाको सास, आत्मा जीवित अमूर्त सम्पदाले बनाउँछ । अमूर्त सम्पदाको निकै नै महत्वपूर्ण पाटो भनेको हाम्रो संगीत हो । सामाजिक, सांस्कृतिक, धार्मिक कार्यमा किन नहोस्, कुनै राजनीतिक अभियानमा नै किन नहोस् । विशेष गरी काठमाडौं महानगरपालिकाभित्र रहेको नेवार समुदायहरुको बाजाहरुको त्यत्तिकै नै महत्वपूर्ण रहेको छ । बाजाहरु संगीत र लय मात्रै होइनन्, हाम्रा आवाजहरु पनि हुन् । बाजाहरु बजुन्जेलसम्म नेवार समुदायको सबैको आवाज रही रहन्छ ।’

उपप्रमुख डंगोलले पुस्तौंदेखिका सीप र ज्ञानहरु पुस्तान्तरण गर्दै संस्कृतिहरुको संरक्षण गर्न जरुरी रहेको बताईन् । परम्परागत टोल, गुठी, खलहरुले आफ्नो समुदायको पहिचान गर्न मद्दत गरिरहेको बताएकी छिन् । पर्व, बाजा, जात्राहरुमा आफ्नो पहिचान रहेको बताईन् ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?