Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न सकिँदैनः अध्यक्ष नेपाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले संकट नै संकटले ग्रस्त भएको बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको राजनीतिमा मुल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले निकै संकटले ग्रस्त भएको बताए । एमालेभित्र अन्तरविरोध बढ्दै गइरहेको बताए । नेकपा एमालेको भविष्य आगामी दिनमा के हुने हो ? सहजै भन्न सकिने अवस्था नरहेको बताए । कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्रिको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै नभइ दक्षिण अवसरवादी प्रवृत्तिमा चुर्लुम्म डुब्ने जस्ता प्रवृत्तिहरुलाई परास्त गर्नुपर्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘नेपालको राजनीतिमा मुल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले निकै संकटले ग्रस्त भएको छ । संकटले ग्रस्त भएको छ । अन्तरविरोध बढ्दै गइरहेको छ । अब त्यसको भविष्य के हुने हो त्यति सजिलै गरी भन्न सकिने अवस्था छैन । म त्यो पार्टीको आन्तरिक कुरामा धेरै प्रवेश गर्न चाहन्न । तर म के भन्छु भने यो कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्रिको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै होइन, दक्षिण अवसरवादी प्रवृत्तिमा चुर्लुम्म डुब्ने यस्ता जुनसुकैले प्रवृत्ति बोकेका छन्, भने यो प्रवृत्ति परास्त गर्नैपर्छ ।’

अध्यक्ष नेपालले कम्युनिष्टहरुको भविष्य अझै रहेको बताए ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?