Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

बजेटमा विचौलियाको प्रभाव, विकृत पुँजीवादको छायाँ देखियोः माओवादी सांसद चन्द


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)की सांसद रेणु चन्दले अगामी आर्थिक वर्षको बजेटमा बिचौलियाको प्रभाव परेको र विकृत पुँजीवादको छायाँ देखिएको टिप्पणी गरेकी छिन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा आर्थिक विधेयकमाथि सुझावको सूचना पेस गर्दै सांसद चन्दले यस्तो टिप्पणी गरेकी हुन् । उनले संविधानमा समाजवाद लेखिएको स्मरण गराउँदै सामाजिक न्याय र समानतामा आधारित आर्थिक नीति अपनाउन समेत सरकारलाई आग्र गरीन् । उनले सरकारले कर नीतिमा समेत दोहोरो मापदण्ड अपनाएको आरोप लगाईन् । उनले विद्युत महशुल नतिर्नेहरूलाई दिइएको माफी फिर्ता असुल्न माग गर्दै त्यसपछि मात्र नयाँ कर छुटबारे छलफल गर्नुपर्ने बताईन् ।

रेणु चन्दले , ‘विद्युत महशुलको कुरा पनि गर्नुभएको छ । मेरो अर्थमन्त्रीमन्त्रीज्युलाई प्रश्न छ– पहिला तपाई विद्युतको कर नतिरेकाको माफी मिनाहा गर्नुभएको छ त्यो असुल्नुहुन्छ कि हुन्न ? पहिला त्यो असुल्नुस् त्यपछि कर छुटको कुरा गर्नुस् । हामीले बजेट आउँदाखेरी नै भनेका छौं बजेटमा विचौलियाहरुको प्रभाव देखिएको छ । विकृत पुँजीवादको प्रभाव पनि देखिएको छ । त्यसको छाया यहाँसम्म आउनु स्वभाविक नै हो । त्यसका बाबजुद संविधानमा समाजवाख लेखिएको हुनाले समाजवादलाई पनि मध्यनजर गर्दै यसमा सुधार गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु ।’

उनले सुनमा विलासिता कर लगाउनु उचित नभएको भन्दै व्यवहारिक कुरमा समेत ध्यान दिन आग्रह गरीन् ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?