Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

बजेटमा विचौलियाको प्रभाव, विकृत पुँजीवादको छायाँ देखियोः माओवादी सांसद चन्द


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)की सांसद रेणु चन्दले अगामी आर्थिक वर्षको बजेटमा बिचौलियाको प्रभाव परेको र विकृत पुँजीवादको छायाँ देखिएको टिप्पणी गरेकी छिन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा आर्थिक विधेयकमाथि सुझावको सूचना पेस गर्दै सांसद चन्दले यस्तो टिप्पणी गरेकी हुन् । उनले संविधानमा समाजवाद लेखिएको स्मरण गराउँदै सामाजिक न्याय र समानतामा आधारित आर्थिक नीति अपनाउन समेत सरकारलाई आग्र गरीन् । उनले सरकारले कर नीतिमा समेत दोहोरो मापदण्ड अपनाएको आरोप लगाईन् । उनले विद्युत महशुल नतिर्नेहरूलाई दिइएको माफी फिर्ता असुल्न माग गर्दै त्यसपछि मात्र नयाँ कर छुटबारे छलफल गर्नुपर्ने बताईन् ।

रेणु चन्दले , ‘विद्युत महशुलको कुरा पनि गर्नुभएको छ । मेरो अर्थमन्त्रीमन्त्रीज्युलाई प्रश्न छ– पहिला तपाई विद्युतको कर नतिरेकाको माफी मिनाहा गर्नुभएको छ त्यो असुल्नुहुन्छ कि हुन्न ? पहिला त्यो असुल्नुस् त्यपछि कर छुटको कुरा गर्नुस् । हामीले बजेट आउँदाखेरी नै भनेका छौं बजेटमा विचौलियाहरुको प्रभाव देखिएको छ । विकृत पुँजीवादको प्रभाव पनि देखिएको छ । त्यसको छाया यहाँसम्म आउनु स्वभाविक नै हो । त्यसका बाबजुद संविधानमा समाजवाख लेखिएको हुनाले समाजवादलाई पनि मध्यनजर गर्दै यसमा सुधार गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु ।’

उनले सुनमा विलासिता कर लगाउनु उचित नभएको भन्दै व्यवहारिक कुरमा समेत ध्यान दिन आग्रह गरीन् ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?