Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सरकारले यस वर्ष बाल श्रमीकहरुको आधिकारिक तथ्यांक अध्ययन गर्ने


काठमाडौँ। सरकारले नेपालमा रहेका बाल श्रमीकहरुको आधिकारिक तथ्यांक अध्ययन गर्ने भएको छ ।

शुक्रवार राष्ट्रिय तथ्यांक कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो । कार्यक्रममा बोल्दै प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले यस वर्ष कार्यालयले बालश्रमको अध्ययन गरेर तथ्यांक सार्वजनिक गर्ने बताए । उनले श्रम क्षेत्रमा बालश्रम कति छ ? भन्नेकुराको अध्ययन हुने र त्यसमा पनि नेपालकै बालश्रमीक र नेपालमा आएर काम गर्ने भारतीय बाल श्रमीकहरुको छुट्टा छुट्टै तथ्यांक निकाल्ने बताए । बालश्रमलाई छुट्याउन ढिलो भइसकेको उनको भनाइ छ ।

उनले भने, ‘बालश्रममा धेरै संख्या घरको काम कारबाही गर्नेमा छन् । तीन महिना भन्दा कम अवधि काम गरेको मान्छेहरु छन् । स्कुल बिदा भएको बेलामा घरमा काम गर्ने मान्छेहरु छन् । उनीहरुले पैसा नै पाउँदैनन् । यसपालि हामी श्रमको तथ्यांक निकाल्दै छौँ । त्यसले श्रम क्षेत्रमा बालश्रम कति छ ? त्यसलाई हामी छुट्याएर निकाल्छौँ । नेपालकै मान्छे बालश्रम कति छन्, भरतबाट आएका कति छन् । बालश्रमलाई छुट्याउन ढिलो भइसकेको छ ।’

घरमा सघाएको कुरालाई बालश्रम ठान्न नहुने बताए । आर्थिक उपार्जनकै लागि काम गरेकोलाई मात्रै श्रम भन्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?