Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालमा पनि विशेष कार्यक्रमसहित मनाइने


काठमाडौँ। राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ विशेष कार्यक्रमसहित मनाउने भएको छ ।

सहकारीहरूको विश्वव्यापी योगदानलाई उजागर गर्दै समावेशी, दिगो र मानवीय मूल्यमा आधारित सहकारी विकासमा जोड दिने उद्देश्यले शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन लागेको महांसघकी अध्यक्ष ओमदेवी मल्लले बताईन् । यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम ‘सहकारी ः राम्रो संसारको लागि समावेशी र दिगो समाधानहरूको नेतृत्व’ रहेको छ । अध्यक्ष मल्लका अनुसार कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नेछन् । उनले महिला उद्यमशीलता, युवा सहभागिता र सहकारी सुशासनका एजेन्डालाई प्राथमिकतामा राखेर कार्यक्रम मनाइने पनि बताईन । कार्यक्रममा अन्तर्राष्ट्रिय थिममा आधारित कार्यपत्र प्रश्तुति, हेफर इन्टरनेशनल नेपाल र महासंघको संयुक्त अध्ययन प्रतिवेदन सार्वजनिक, महिला सहकारी संस्थाहरूका उत्पादनहरूको प्रदर्शनी तथा सहकारीमैत्री नीति निर्माणप्रति नीति निर्माता रसरोकारवालाहरूको प्रतिबद्धता घोषणा लगायतका प्रश्तुत गरिने अध्यक्ष मल्लको भनाइ छ ।

कार्यक्रममा सहकारी क्षेत्रमा विशेष योगदान दिएका संघरसंस्थाहरू, कर्मचारी, पत्रकार र व्यक्तिलाई सम्मान र पुरस्कार पनि प्रदान गरिने बताइएको छ । कार्यक्रमले लोकतान्त्रिक र समुदायमुखी सहकारी सेवा विस्तारमा टेवा पुर्याउने विश्वास लिइएको छ ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?