Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालमा पनि विशेष कार्यक्रमसहित मनाइने


काठमाडौँ। राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ विशेष कार्यक्रमसहित मनाउने भएको छ ।

सहकारीहरूको विश्वव्यापी योगदानलाई उजागर गर्दै समावेशी, दिगो र मानवीय मूल्यमा आधारित सहकारी विकासमा जोड दिने उद्देश्यले शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन लागेको महांसघकी अध्यक्ष ओमदेवी मल्लले बताईन् । यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम ‘सहकारी ः राम्रो संसारको लागि समावेशी र दिगो समाधानहरूको नेतृत्व’ रहेको छ । अध्यक्ष मल्लका अनुसार कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नेछन् । उनले महिला उद्यमशीलता, युवा सहभागिता र सहकारी सुशासनका एजेन्डालाई प्राथमिकतामा राखेर कार्यक्रम मनाइने पनि बताईन । कार्यक्रममा अन्तर्राष्ट्रिय थिममा आधारित कार्यपत्र प्रश्तुति, हेफर इन्टरनेशनल नेपाल र महासंघको संयुक्त अध्ययन प्रतिवेदन सार्वजनिक, महिला सहकारी संस्थाहरूका उत्पादनहरूको प्रदर्शनी तथा सहकारीमैत्री नीति निर्माणप्रति नीति निर्माता रसरोकारवालाहरूको प्रतिबद्धता घोषणा लगायतका प्रश्तुत गरिने अध्यक्ष मल्लको भनाइ छ ।

कार्यक्रममा सहकारी क्षेत्रमा विशेष योगदान दिएका संघरसंस्थाहरू, कर्मचारी, पत्रकार र व्यक्तिलाई सम्मान र पुरस्कार पनि प्रदान गरिने बताइएको छ । कार्यक्रमले लोकतान्त्रिक र समुदायमुखी सहकारी सेवा विस्तारमा टेवा पुर्याउने विश्वास लिइएको छ ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?