Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

तिलौराकोटलाई विश्व सम्पदा सूचिमा समावेश गर्ने प्रक्रियाका लागि पेरिस जाँदै पर्यटनमन्त्री


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृतका लागि पहल गर्न फ्रान्स जान लागेको बताएका छन् ।

शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्ने सरकारको एजेण्डा रहेको र पेरिसमा हुने वल्र्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन आफू त्यसतर्फ जान लागेको बताए । उनले सरकारले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्न विगन लामो समयदेखि पहल गरिरहेको बताए । २१ वटा देश सम्मिलित कमिटीमा कमिटीको बहुमतले निर्णय गर्नुपर्ने हुन्छ । त्यसमा एशियाबाट भारत, कतार, जापान, कोरिया लगायतका देशहरु रहेको मन्त्री पाण्डेले बताए । तिलौराकोटमा धेरै पुरातात्विक वस्तुहरु फेला परेको, त्यही बेलै औद्योगिकीकरण भएको, व्यवस्थित सिटी, पार्कहरु थिए, आधुनिक शहरमा हुने पूर्वाधार सबै थिए त्यही बेलामै भन्नेकुरा वैज्ञानिकहरुले पुष्टि गरेको अवस्था रहेको बताएका छन् ।

मन्त्री पाण्डेले भने, ‘तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्नेगरी हाम्रो एजेण्डा छ । वल्र्ड हेरिटेज कमिटीको मिटिङ पेरिसमा छ । हामी १० वर्ष यता त्यो प्रयासमा छाँै । त्यसमा पनि थुप्रै जटिलताहरु छन् । कसले सपोर्ट गर्ने, कसले नगर्ने भन्ने । २१ वटा देश सम्मिलित कमिटी छ । त्यो कमिटीको बहुमतले निर्णय गर्नुपर्छ । त्यसमा भारत, कतार, जापान, कोरिया लगायतका एशियन देशहरु छन् । अरु देशहरु पनि छन् । त्यसमा हामी धेरै वर्षदेखि साधन श्रोत पनि धेरै लागिसकेको अध्ययन पनि धेरै भइसकेको छ । तिलौराकोटमा धेरै पुरातात्विक वस्तुहरु फेला परेको, त्यही बेलै औद्योगिकीकरण भएको, व्यवस्थित सिटी, पार्कहरु थिए, आधुनिक शहरमा हुने पूर्वाधार सबै थिए त्यही बेलामै भन्नेकुरा वैज्ञानिकहरुले पुष्टि गरेको अवस्था छ ।’

आफू त्यसका लागि ७ तारिकदेखि पेरिस जान लागेको बताए ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?