Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

तिलौराकोटलाई विश्व सम्पदा सूचिमा समावेश गर्ने प्रक्रियाका लागि पेरिस जाँदै पर्यटनमन्त्री


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृतका लागि पहल गर्न फ्रान्स जान लागेको बताएका छन् ।

शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्ने सरकारको एजेण्डा रहेको र पेरिसमा हुने वल्र्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन आफू त्यसतर्फ जान लागेको बताए । उनले सरकारले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्न विगन लामो समयदेखि पहल गरिरहेको बताए । २१ वटा देश सम्मिलित कमिटीमा कमिटीको बहुमतले निर्णय गर्नुपर्ने हुन्छ । त्यसमा एशियाबाट भारत, कतार, जापान, कोरिया लगायतका देशहरु रहेको मन्त्री पाण्डेले बताए । तिलौराकोटमा धेरै पुरातात्विक वस्तुहरु फेला परेको, त्यही बेलै औद्योगिकीकरण भएको, व्यवस्थित सिटी, पार्कहरु थिए, आधुनिक शहरमा हुने पूर्वाधार सबै थिए त्यही बेलामै भन्नेकुरा वैज्ञानिकहरुले पुष्टि गरेको अवस्था रहेको बताएका छन् ।

मन्त्री पाण्डेले भने, ‘तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्नेगरी हाम्रो एजेण्डा छ । वल्र्ड हेरिटेज कमिटीको मिटिङ पेरिसमा छ । हामी १० वर्ष यता त्यो प्रयासमा छाँै । त्यसमा पनि थुप्रै जटिलताहरु छन् । कसले सपोर्ट गर्ने, कसले नगर्ने भन्ने । २१ वटा देश सम्मिलित कमिटी छ । त्यो कमिटीको बहुमतले निर्णय गर्नुपर्छ । त्यसमा भारत, कतार, जापान, कोरिया लगायतका एशियन देशहरु छन् । अरु देशहरु पनि छन् । त्यसमा हामी धेरै वर्षदेखि साधन श्रोत पनि धेरै लागिसकेको अध्ययन पनि धेरै भइसकेको छ । तिलौराकोटमा धेरै पुरातात्विक वस्तुहरु फेला परेको, त्यही बेलै औद्योगिकीकरण भएको, व्यवस्थित सिटी, पार्कहरु थिए, आधुनिक शहरमा हुने पूर्वाधार सबै थिए त्यही बेलामै भन्नेकुरा वैज्ञानिकहरुले पुष्टि गरेको अवस्था छ ।’

आफू त्यसका लागि ७ तारिकदेखि पेरिस जान लागेको बताए ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?