Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जसले पैसाको नोटमाथि सुतेर टिकटक बनाए…


२४ चैत्र, काठमाडाैँ । ओछ्यानमा पैसाको नोटमाथि सुत्नेर टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराएर छाडिएको छ ।

नेपाल राष्ट्र बैंकले यस विषयमा चासो व्यक्ति गरेको समाचार प्रकाशन पश्चात सो सम्बन्धमा खोजी अभियानमा लागेको जिल्ला प्रहरी परिसरले यसरी भिडियो बनाउने व्यक्ति महोत्तरी जिल्ला बर्दिबास–१ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने सुलभ आचार्य रहेको जानकारी दिएको छ ।

उनले केहीअघि एक हजार र पाँच सय दरका नोटहरू ओछ्यानमा राखी भिडियो बनाएर सार्वजनिक गरेका थिए । उनीसँग सोधपुछ गर्दा अध्ययनका लागि विदेश जाने क्रममा कलेज फि बुझाउन बैंकबाट निकालिदएको पैसा रमाइलोका लागि खाटमा बिछ्याएर भिडियो बनाएको बताएको परिसरले जनाएको छ ।

उनको बयानका आधारमा अनुसन्धान गर्दा उक्त रकम एभरेष्ट बैंकबाट निकालेको देखिएकोले अब उप्रान्त यस्ता प्रकारका गतिविधि नगर्ने सर्तमा निजलाई निगरानीमा रहने गरी सचेत गराई छाडिएको परिसरका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?