Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

राजश्व विभागको स्पष्टोक्तिः आयुर्वेदिक औषधिको करको दरमा कुनै परिवर्तन गरिएको छैन


काठमाडौ। आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालले आयुर्वेदिक औषधिको करको दरमा कुनै परिवर्तन नगरिएको स्पष्ट पारेका छन् ।

बुधवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै महानिर्देशक दाहालले आयुर्वेदिक औषधिमा नयाँ कर लगाइएको नभई अघिल्लो वर्षहरुदेखि लाग्दै आएको कर दरलाई मात्र निरन्तरता दिइएको बताएका हुन् । उनले स्थानीय उत्पादनको प्रवद्र्धन र संरक्षण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अत्यावश्यक वस्तुमा कर छुट दिने नीति लिएको समेत बताए । उनले अत्यावश्यक वस्तुमा कर छुट दिने राज्यको नीति नै रहेको बताए । आगामी आर्थिक वर्षको बजेटमा स्थानीय उत्पादनलाई प्रवद्र्धन र संरक्षण गर्ने हिसावले छुर्पी, रुद्राक्ष लगायतमा लाग्ने करसमेत खारेज गरेको बताएका छन् ।

उनले भने, ‘अहिले आयुर्वेदिक औषधिमा भ्याट लगाएको भन्ने कुरामा कुनै सत्यता छैन । आयुर्वेदिक औषधिको करका दरमा कुनै परिवर्तन गरिएको छैन । विगतदेखि लागेको कुरालाई निरन्तरता मात्र दिएको हो । अत्यावश्यक वस्तुमा कर छुट दिने राज्यको नीति नै छ । त्यहीअनुरुप हामीले आन्तरिक उत्पादनलाई बढावा दिन र यस्ता औषधीजन्य र अन्य अत्यावश्यक वस्तुमा कर छुट दिने नीतिअनुरुप नै दरका रेटमा केही परिवर्तनहरु भएका छन् । यस वर्ष हामीले स्थानीय उत्पादनलाई प्रवद्र्धन र संरक्षण गर्ने हिसाबले छुर्पी, रुद्राक्ष लगायतमा लाग्ने भ्याट समेत खारेज गरेका छौँ ।’

अगामी आर्थिक वर्षको लागि बजेट निर्माणका क्रममा करका सम्बन्धमा सरकारको घोषित नीतिभन्दा बाहिर नगएको जिकिर गरे ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?