Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सांसद तामाङको प्रश्तावः प्रधानसेनापति जसरी नै प्रहरी महानिरीक्षक नियुक्त हुने व्यवस्था विधेयकमा गरौँ


काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले प्रधानसेनापति झैँ प्रहरी महानिरीक्षक पनि नियुक्ति हुने व्यवस्था गर्न माग गरेका छन् ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको हो । जसबारेमा आफ्ना धारणा राख्दै उनले नेपाली सेनाको जस्तै नेपाल प्रहरीमा पनि प्रहरी महानिरीक्षक यो बन्दैछ भन्ने पूर्वजानकारी हुनु आवश्यक रहेको बताएका छन् । हाँले एआईजी भइसकेको व्यक्तिमाथि यसमाथि यो दाग र यो निष्कलंक छ भन्ने स्पष्टताका आधारमा नियुक्ति हुनु आवश्यक रहेको बताए । कुनैपनि मुद्दामा नमुछिएको, कुनै स्पष्टीकरण नसोधिएको एआइजी स्वतः आइजिपी बन्न योग्य रहने कुराको ग्यारेन्टी विधेयकमा गर्नुपर्ने बताए ।

सांसद तामाङले भने, ‘यो बढुवाको विषय छ । म यति वर्ष काम गरेपछि मेरो दाग कतै लागेको छैन । मलाई कतै स्वष्टीकरण सोधिएको छैन । म कुनै केसमा मुसिएको छैन । यति वर्षमा म यो पदमा पुग्छु, भन्ने ग्यारेन्टी यसमा हुनुपर्यो । आर्मीमा त प्रधानसेनापति फलानो हुन्छ भन्ने थाहा हुन्छ । प्रधानसेनापति को हुने भन्नेकुरा अहिले नै थाहा छ । विशेष परिस्थिति नपरेको खण्डमा थाहा छ । त्यस्तै आइजिपी पनि त्यस्तै हुनुपर्छ । एआईजी भइसकेपछि यसलाई यस्तो स्पष्टीकरण सोधिएको थियो, यसलाई यस्तो भएको थियो भनेर यो उत्कृष्ट छ भन्ने ट्याक्कै हुनुपर्छ । त्यो स्थिति विधेयकमा कसरी व्यवस्था गर्न सकिन्छ गरौँ ।’

सांसद तामाङले विभिन्न बाधा चिरेर विधेयक ल्याउनुभएको भन्दै गृहमन्त्रीलाई धन्यवादसमेत दिए । यो विधेयक समय र परिस्थितिसँग मिल्दो रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?