Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

देशमा सुशासन बिग्रियोः सांसद अधिकारी


काठमाडौ। जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले देशमा सुशासन बिग्रिएको बताएका छन् ।

बुधवार राज्य व्यवस्था समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले जनतामा विश्वास डग्मगाएको बताए । भातको गाँस खाँदा पनि सुरक्षा निकायको आवश्यकता महशुस गरिएको ठाउँमा सुरक्षाका निकायप्रति जनताले विश्वास गुमाउँदै जाने परिस्थिति निर्माण हुनु दुःखद् भएको बताए । संघीयताको आधारमा देश नचल्ने हो भने अहिलेका विकृति नहट्ने बताए ।

सांसद अधिकारीले भने, ‘देशमा सुशासन बिग्रिएको छ । जनतामा विश्वास डग्मगाएको छ । प्रहरी आज, सुरक्षा निकायको आवश्यकता भातको गाँस खाँदा पनि प्रहरीको आवश्यकता छ । हाम्रो जीवन त्यस्तो भएको छ । घरमा श्रीमान श्रीमतीको झगडामा पनि प्रहरीको आवश्यकता छ । सामाजिक अवस्था यसरी विकास भएको छ । ढिलो गरी विधेयक आयो तर आएकोमा राम्रो भएको छ । अब ढिलाइ हुनु हुँदैन । हामी संघीय लोकतान्त्रिक पद्धतिमा प्रवेश गरेका छौँ । संघीयताको आधारमा नचल्ने हो भने अहिलेका बेथिति हट्दैनन् । यि बेथितिहरु सिर्जना भएको यसै कारणले हो ।’

सांसद अधिकारीले कानूनको अभावले प्रहरी निकाय नै चेपुवामा परेको बताए । जनतामा विश्वास पैदा गराउनु आवश्यक रहेको बताएका हुन् ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?