Trending
>>   दक्षिण कोरियामा मुसलधारे वर्षाबाट २ जनाको मृत्यु >>   पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई >>   उर्जा मन्त्रालयमा दीपक खड्काको एक वर्षः ६३१ मेगावाट विद्युत उत्पादन वृद्धि >>   तेस्रो स्थानमा उक्लियो संकटा, एपिएफ र श्रीभगवतीको दोस्रो जित >>   प्रधानमन्त्रीलाई गगनको आग्रहः सत्ता हस्तान्तरणको दिन गनेर नबस्नुस् >>   लायन्स क्लब अफ काठमाडौं ब्राईट स्टारको अध्यक्षमा ढकाल >>   आजको राशिफल : २०८२ साल साउन ०२ गते शुक्रबार >>   जलश्रोत विधेयकलाई खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै नहेरौँः सांसद परियार >>   जलश्रोतको मुहानको प्रयोग सबैले गर्न पाउनुपर्छः सांसद विश्वकर्मा >>   जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गरौँः सांसद शाक्य
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

राजनीतिक हस्तक्षेपले नेपाल प्रहरीको ‘चेन अफ कमाण्ड’ प्रभावितः सांसद थानी


काठमाडौ। नेपाली काँग्रेसका सांसद हृदयराम थानीले नेपाल प्रहरीको आन्तरिक संरचना र नेतृत्व प्रणालीमा भइरहेका लगातारका राजनीतिक हस्तक्षेपप्रति चिन्ता व्यक्त गरेका छन् ।

बुधवार सिंहदरबारमा “नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले चिन्ता व्यक्त गरेका हुन् । विगतमा प्रहरी नेतृत्वमा गरिएका विवादास्पद निर्णयहरूको उल्लेख गर्दै ती कदमले प्रहरी सङ्गठनको ‘चेन अफ कमाण्ड’लाई नै कमजोर बनाएको तर्क गरे । उनले ३२ वर्षे सेवा अवधिमा ३० वर्ष बनाएर आइजिपीलाई हटाउने काम गरेकोदेखि ३६ दिनमै प्रहरी महानिरीक्षकलाई अन्यत्र सरुवा गरी अदालतबाट जितेर आइ दुई पटक आइजिपी बनेको इतिहास समेत रहेको स्मरण गराए । उनले कनिष्ठलाई एक महिना अघि एआईजी बनाएर आइजिपी बनाएकोदेखि पहिलो नम्बरकोलाई छाडेर तेस्रो र दोस्रो नम्बरकोलाई आइजिपी बनाउँदै अदालतसम्म पुर्याएको इतिहास समेत रहेको जिकिर गरे । उनले राजनीतिक हस्तक्षेपका बिच कमाण्ड एन्ड कन्ट्रोलमा चल्ने प्रहरीले कसरी काम गरिरहेको होला भन्नेमा गृहमन्त्रीसहितको सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

उनले भने, “हामीले प्रहरीमाथि धेरै राजनीतिकरण गर्दै आइरहेका छौँ । यस कारण पनि नेपाल प्रहरीको पोजिशनलाई विभिन्न तरिकाले भत्काउने कामहरू हामी सबै लागेर बारम्बार गरिरहेको अवस्था पनि छ । ३२ वर्षे सेवा अवधिमा ३० वर्ष बनाएर आइजिपीलाई हटाउने काम गयौ कुनै बेलामा, कुनै बेलामा बनेको ३६ दिनमै प्रहरी महानिरीक्षकलाई अन्यत्र सरुवा गरेर पनि हामीले त्यो काम गयौ । फेरी आइजिपी नै अदालतबाट आएर जितेर दुई पटक आइजिपी बनेको अवस्था पनि हाम्रो इतिहासमा कायम छ । कनिष्ठलाई एक महिना अघि एआईजी बनाएर आइजिपी बनाएको इतिहास पनि हामीसँग छ । कहिले हामी एक नम्बरलाई नबनाएर ३ र २ नम्बरको लाई बनाउँदै सम्मानित अदालतसम्म पुर्याएको इतिहास पनि छ । यस्तो परिस्थितिमा नेपाल प्रहरीले कसरी काम गरिरहेको होला भन्नेमा गृहमन्त्रीदेखि सबैको ध्यान चाहोस् । यसरी कमाण्ड एन्ड कन्ट्रोलमा चल्नुपर्ने सङ्गठनलाई राजनीतिभित्र राखेर हामीले काम गर्दा के अवस्था आउँला ? त्यसैले अहिलेको अवस्थामा चेन अफ कमाण्ड प्रभावित भएको अवस्था छ ।”

उनले राजनीतिक हस्तक्षेप लगायतले नेपाल प्रहरीलाई कमजोर बनाइएको समेत बताए ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?