Trending
>>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

राजनीतिक हस्तक्षेपले नेपाल प्रहरीको ‘चेन अफ कमाण्ड’ प्रभावितः सांसद थानी


काठमाडौ। नेपाली काँग्रेसका सांसद हृदयराम थानीले नेपाल प्रहरीको आन्तरिक संरचना र नेतृत्व प्रणालीमा भइरहेका लगातारका राजनीतिक हस्तक्षेपप्रति चिन्ता व्यक्त गरेका छन् ।

बुधवार सिंहदरबारमा “नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले चिन्ता व्यक्त गरेका हुन् । विगतमा प्रहरी नेतृत्वमा गरिएका विवादास्पद निर्णयहरूको उल्लेख गर्दै ती कदमले प्रहरी सङ्गठनको ‘चेन अफ कमाण्ड’लाई नै कमजोर बनाएको तर्क गरे । उनले ३२ वर्षे सेवा अवधिमा ३० वर्ष बनाएर आइजिपीलाई हटाउने काम गरेकोदेखि ३६ दिनमै प्रहरी महानिरीक्षकलाई अन्यत्र सरुवा गरी अदालतबाट जितेर आइ दुई पटक आइजिपी बनेको इतिहास समेत रहेको स्मरण गराए । उनले कनिष्ठलाई एक महिना अघि एआईजी बनाएर आइजिपी बनाएकोदेखि पहिलो नम्बरकोलाई छाडेर तेस्रो र दोस्रो नम्बरकोलाई आइजिपी बनाउँदै अदालतसम्म पुर्याएको इतिहास समेत रहेको जिकिर गरे । उनले राजनीतिक हस्तक्षेपका बिच कमाण्ड एन्ड कन्ट्रोलमा चल्ने प्रहरीले कसरी काम गरिरहेको होला भन्नेमा गृहमन्त्रीसहितको सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

उनले भने, “हामीले प्रहरीमाथि धेरै राजनीतिकरण गर्दै आइरहेका छौँ । यस कारण पनि नेपाल प्रहरीको पोजिशनलाई विभिन्न तरिकाले भत्काउने कामहरू हामी सबै लागेर बारम्बार गरिरहेको अवस्था पनि छ । ३२ वर्षे सेवा अवधिमा ३० वर्ष बनाएर आइजिपीलाई हटाउने काम गयौ कुनै बेलामा, कुनै बेलामा बनेको ३६ दिनमै प्रहरी महानिरीक्षकलाई अन्यत्र सरुवा गरेर पनि हामीले त्यो काम गयौ । फेरी आइजिपी नै अदालतबाट आएर जितेर दुई पटक आइजिपी बनेको अवस्था पनि हाम्रो इतिहासमा कायम छ । कनिष्ठलाई एक महिना अघि एआईजी बनाएर आइजिपी बनाएको इतिहास पनि हामीसँग छ । कहिले हामी एक नम्बरलाई नबनाएर ३ र २ नम्बरको लाई बनाउँदै सम्मानित अदालतसम्म पुर्याएको इतिहास पनि छ । यस्तो परिस्थितिमा नेपाल प्रहरीले कसरी काम गरिरहेको होला भन्नेमा गृहमन्त्रीदेखि सबैको ध्यान चाहोस् । यसरी कमाण्ड एन्ड कन्ट्रोलमा चल्नुपर्ने सङ्गठनलाई राजनीतिभित्र राखेर हामीले काम गर्दा के अवस्था आउँला ? त्यसैले अहिलेको अवस्थामा चेन अफ कमाण्ड प्रभावित भएको अवस्था छ ।”

उनले राजनीतिक हस्तक्षेप लगायतले नेपाल प्रहरीलाई कमजोर बनाइएको समेत बताए ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?