Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

सिष्टममा समस्या भएपछि काण्डमाथि काण्ड भइरहेका हुन्ः महासचिव भुसाल


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले सिष्टममा समस्या भएका कारण एकपछि अर्को नराम्रा कामहरु भइरहेको बताएका छन् ।

शुक्रवार जनसंगीत मञ्च नेपालको केन्द्रिय कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् । उनले सिष्टम र व्यवस्थाको समस्या एकै ठाउँमा राखेर हेर्ने हो भने रोजगारी र सुशासन नहुँदा समस्या सिर्जना भएको दाबी गरे । रोजगारीको समस्या केही कार्यालयहरुमा करारमा भर्ती गरिदिएर अथवा कुनै नेताले अलिकति प्रभाव जमाएर जागिर लगाइदिँदैमा समाधान नहुने भन्दै महासचिव भुसालले कृषि, उद्योग र पर्यटन क्षेत्रमा रोजगारी सिर्जना गर्नेतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उनले प्राकृतिक प्रकोपसँगै विकल्प र व्यवस्था नहुँदा नेपालको पर्यटकीय क्षेत्र धराशायी बनेको र कृषिले दैनिक आवश्यकता पूर्ति गर्नसक्ने अवस्थामा नहुँदा विभिन्न किसिमका काण्डहरु हुने गरेको दाबी गरे ।

उनले भने, ‘लगातार एउटा पछि दुईटा काण्ड भएपछि सकिनु नि त्यो हुँदैन । भनेको हाम्रो सिष्टममै समस्या छ । यसर्थ हामीले अहिलेको सिष्टमका समस्यालाई, अहिलेको व्यवस्थाका समस्या सबैलाई एक ठाउँमा राख्दाखेरि त्यसलाई के नामले भन्न सकिँदोरहेछ भन्दा रोजगारी र सुशासन नहुँदा आजका सबै समस्या सिर्जना भएका हुन् । रोजगारी भन्नेवित्तिकै मानिसले के सोच्छ भने गएर कसैलाई अफिसमा गएर जागिर दिने जस्तो आमरुपमा मानिसले बुझ्छ । गएर स्कूलमा कसैलाई जागिर लगाइदिनु, कति पढेको भनेर सोध्नु अनि डिप्लोमा पढेको हो भनेपछि मास्टरमा लगाइदिनु, कति पढ्यौं मास्टर गरिसकेको छु भनेपछि क्याम्पसमा लगाइदिनुजस्तो कुरा सोच्छन् । कुरा त्यसोमात्र होइन, त्यसरी समस्या समाधान हुँदैन । मुलुकको रोजगारीको समस्या कार्यालयहरुमा करारमा भर्ती गरिदिएर केही नेताले अलिकति प्रभाव जमाएर स्कूल क्याम्पसहरुमा, कार्यालयमा केही मान्छेलाई जागिर लगाइदिएर यो समस्या समाधान हुँदैन । बरु आजको बेरोजगारीको कारण के छ भन्दाखेरि कृषि कृषिजस्तो छैन, कृषि गरेर मानिसहरुले आफ्नो जीवन बाँच्नसक्ने, खानसक्ने र लाउनसक्ने, बच्चाबच्ची पढाउनसक्ने, औषधिउपचार गर्नसक्ने र अरु आवश्यकताका चीजहरु पूरा गर्नसक्ने अवस्थामा कृषि छैन । उद्योगको त एक हिसावले उद्योगै छैन भन्दापनि हुन्छ, राष्ट्रिय अर्थतन्त्रमा जम्माजम्मी पाँच प्रतिशत जतिमात्र उद्योगको योगदान छ । जम्मा पाँच प्रतिशत योगदान भन्नुको अर्थ छैन बराबर जस्तो अवस्थामा छ । कृषिमा पनि रोजगारी छैन, उद्योगमा पनि रोजगारी छैन, पर्यटनको हालतपनि उस्तै हो । न बाटो छ, न प्लेन छ, न त्यसको विकल्प र व्यवस्था छ । उदाहरणका लागि जुरे पहिरोपछि चिनिया पर्यटक नेपाल भित्र्याउन सकिएको छैन । उता भारतीय पर्यटक अलिअलि आउन थालेका थिए त्यो पनि पोहोर सालको बाढीपछि त्यो पनि उठ्न सकेको छैन । भन्नुको अर्थ पर्यटन, कृषि र उद्योगमा रोजगारी छैन भनेपछि रोजगारी छँदैछैन ।’

उनले राष्ट्रिय अर्थतन्त्रमा जम्माजम्मी पाँच प्रतिशतमात्र उद्योगको योगदान रहनु भनेको नभए बराबरको अवस्थामा रहेको टिप्पणी गरे ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?