Trending
>>   पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१ >>   एमालेले विधान अधिवेशनको सुझाव संकलन थाल्यो, २५१ सदस्यीय केन्द्रिय कमिटी र पदाधिकारी १५ जनाको >>   कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल >>   वामदेवले भनेः मलाई कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिन >>   झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन >>   बंगलादेशको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो >>   उत्तरी म्यानमारमा जेड खानी भत्किँदा २० जना पुरिए >>   पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनको जनकः वेदुराम भुसाल >>   दक्षिणी इटालीमा अत्याधिक गर्मी >>   गाजाका वरिष्ठ स्वास्थ्य अधिकारी इजरायली सेनाको हिरासतमा
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

पार्टी कार्यालयमै नक्कली पीडित खडा गरेर मेरा विरुद्ध जाहेरी लेख्ने काम गरियोः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नक्कली पीडित खडा गरी पार्टी कार्यालयहरूमै कीर्ते जाहेरी दर्ता गर्ने प्रयास भइरहेको बताएका हुन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । केही राजनीतिक दलका पार्टी कार्यालयमा तथाकथित नक्कली पीडितलाई बोलाएर आफूविरुद्ध विभिन्न ठाउँमा जाहेरी दर्ता गर्ने प्रयास भएको उनको भनाइ छ । उनले कीर्ते, जालसाझी र अमर्यादित गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिए । उनले दलका पार्टी कार्यालयहरुलाई कीर्ते र नक्कली पीडित खडा गर्ने पार्टी कार्यालय बनाउन लागिएको भन्दै सचेत रहन आग्रह समेत गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै सम्भावना बोकेका पार्टी भएकाले यस्ता कार्यमा नलाग्न समेत सुझाए ।

उनले भने, ‘केही पार्टीका कार्यालयहरुमा नक्कली तथाकथित पीडितहरुलाई बोलाएर पार्टी कार्यालयमा जाहेरी लेखेर मेरा विरुद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेका छन् । कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ । यस्ता कीर्ते, जालसाझी र अमर्यादित कार्य गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न म साथिहरुलाई आग्रह गर्न चाहन्छु । र यस्ता अपमानजनक कार्यहरु, कीर्ते जालसाझ गरेर नक्कली पीडित खडा गर्ने मानिसहरुको पत्ता लगाएर कारबाही गरिनेछ । तपाईका पार्टी कार्यालयहरु कीर्ते र नक्कली पीडितहरु खडा गर्ने पार्टी कार्यालय बन्दैछन् । यसमा तपाईहरु सचेत हुनुस् । किनभने तपाईहरु सम्भावना बोकेको हुनुहुन्छ । ’

आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रुपमा आक्रमण गर्ने प्रयास गरिएको मन्त्री लेखकको जिकिर छ ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?