Trending
>>   जगदुल्ला हाइड्रोपावरबारे लेखा समितिले भन्यो–प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउनू >>   नायव महान्यायाधिवक्ता घिमिरेको स्वेच्छिक अवकाश स्वीकृत >>   सांसद मोदीको प्रश्नः मापदण्ड नै नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रो पावर बनाउने जिम्मा कसरी दिइयो ? >>   पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउन खोज्नु राष्ट्रपति पदकै अपमान होः प्रधानमन्त्री ओली >>   पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१ >>   एमालेले विधान अधिवेशनको सुझाव संकलन थाल्यो, २५१ सदस्यीय केन्द्रिय कमिटी र पदाधिकारी १५ जनाको >>   कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल >>   वामदेवले भनेः मलाई कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिन >>   झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन >>   बंगलादेशको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

सरकारी पुनःस्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखेका छौँः मन्त्री पौडेल


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना रहेको बताएका छन ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा सांसदहरुले सोध्नुभएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले आर्थिक वर्ष २०८२—०८३ को स्वीकृत नीति कार्यक्रममा क्रममा एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना ल्याइएको स्पष्ट पारे । त्यसभित्र विशेष पुनःस्थापना इकाइ बनाइ सो सेवाहरु उपलब्ध गराउने विषय समेत उल्लेख गरे । सरकारले तयार पारिरहेको राष्ट्रिय पुनःस्थापना रणनीतिको मस्यौदामा संघीय तहमा नमूनाको रुमपा कम्तिमा एउटा सरकारी पुनःस्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखिएको पनि उल्लेख गरेका छन् ।

उनले भने, ‘नेपाल सरकारको आर्थिक वर्ष २०८२—०८३ को स्वीकृत नीति कार्यक्रममा एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना ल्याइएको छ । त्यसभित्र विशेष पुनःस्थापना इकाइ बनाइ सो सेवाहरु उपलब्ध गराउने विषय समेत उल्लेख गरेका छौँ । यस बाहेक सरकारले तयार पारिरहेको राष्ट्रिय पुनःस्थापना रणनीतिको मस्यौदामा संघीय तहमा नमूनाको रुमपा कम्तिमा एउटा सरकारी पुनःस्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखिएको छ ।’

मन्त्री पौडेलले सरकारको पुनः स्थापना केन्द्र सञ्चलन र व्यवस्थापनको लागि थप बजेटको व्यवस्था गरिएको बताए ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?