Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

कोरोना बारेमा गम्भीर हुन सरकारलाई सांसदको आग्रह


काठमाडौँ। नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले कोरोनाको विपद् र क्षति भोगेको थोरै समयमा पुनः सोही आतंक दोहोरिन लागेकोप्रति चिन्ता व्यक्त गरेकी छिन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले कोरोना बारेमा गम्भीर हुन सरकारलाई आग्रह गरीन् । उनले भारतबाट नेपाल प्रवेश गर्ने पाँच जनामा कोरोना पुष्टि भएको बताउँदै नेपाल प्रवेश गर्ने नाकाहरुमा चाँडोभन्दा चाँडो चेकजाँचको व्यवस्था गर्न सरकारसँग माग गरकी छिन् । सांसद दाहालले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रकारका नमूना परीक्षण गर्नेगरी अन्तर्राष्ट्रियस्तरको प्रयोगशालाको रुपमा स्तरोन्नति गर्ने, पूर्वाधार विकासलगायतको व्यवस्थामा समय लाग्ने भएकाले कोरोना न्युनिकरणतर्फ योजना बनाएर लाग्न सरकारसँग आग्रह गरिन् ।

उनले भनीन, ‘अहिले कोरोनाको विगविगी बढेको, केही प्रभावित भएको र अस्पतालमा भर्ना भएको आकस्मिक र तत्कालिन स्वास्थ्य समस्या खास ठाउँमा मात्र छ कि देशभरि नै फैलनसक्ने सम्भावना छ ? स्वास्थ्य क्षेत्रका विज्ञ र डाक्टरहरुले के आँकलन गरिरहेका छन् ? तथ्यले के देखाइरहेको छ यो सुरुवाती अवस्थामै बुझ्न र समस्या समाधानमा लाग्नुपर्छ । स्वास्थ्य मन्त्रालय र माननीय स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु कि कोरोनाको विपद् क्षति भोगेको धेरै भएको छैन । फेरि त्यही आतंक दोहोरिन लागेको त हैन ? गम्भीर हुन सरकारलाई आग्रह गर्दछु । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रकारको नमूना परीक्षण गर्नेगरि अन्तर्राष्ट्रियस्तरको प्रयोगशालाको रुपमा स्तोरन्नोति गर्ने, पूर्वाधारको विकास गर्नेगरि जनशक्ति प्रविधिको व्यवस्था गर्ने विषयमा समय लाग्नसक्छ । योजना अगाडि सारिएको छ तर कोरोना चाँडै नै आइरहेको हुनाले यसतर्फ योजना बनाएर लाग्नका निमित्त आग्रह गर्न चाहन्छु । अहिलेसम्म भारतबाट नेपाल प्रवेश गर्ने पाँच जना नेपालीलाई कोरोना भएको पुष्टि भएको छ । भारतबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा चेकजाँचको व्यवस्था चाँडोभन्दा चाँडो व्यवस्था गर्न माग गर्दछु ।’

उनले स्वास्थ्य क्षेत्रका विज्ञ र डाक्टरहरुले आँकलन गरिरहेको कोरोना समस्याको शुरुवाती अवस्थामै बुझेर समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिईन् ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?