Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

राजनीतिक नेतृत्व रोमको राजाझैं आफैँमा मस्त छः सांसद साह


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले लोकतन्त्र र प्राप्त उपलब्धीमाथि खतरा मडारिरहँदा राजनीतिक नेतृत्व रोमको राजाझैं आफैँमा मस्त भएको आरोप लगाएकी छिन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद साहले सात दशक लामो संघर्षबाट प्राप्त गणतन्त्रको इतिहास स्वर्णिम रहेको बताएकी हुन् । उनले जसरी एकतावद्ध भएर राजनीतिक परिवर्तन गर्र्यौं त्यसरी नै आर्थिक, सामाजिक रुपान्तरणसँगै मुलुकलाई गरिबी, बेरोजगारी र कुशासनको दुष्चक्रबाट बाहिर निकाल्न सक्यौं त भन्दै प्रश्न गरीन । सांसद साहले संविधानको भावना र मर्मअनुरुप कति काम गर्यौं, आत्मसमीक्षा गर्दै इतिहास गर्विलो बनाउने कि भावी पिढींले धिक्कार्ने खालको बनाउने भन्ने प्रश्न सबैका सामु रहेको स्पष्ट पारीन् । वर्तमानमा राजनीतिक छिनाझपटी, स्वार्थ, पदलोलुपता र बदला प्रदर्शनका कारण व्यवस्थाप्रति नै जनअसन्तोष बढ्दै गएको उनको दाबी थियो ।

उनले भनीन्, ‘मनसुन सुरु भएको छ । जाजरकोट, बाजुरा, बझाङ, सिन्धुपाल्चोकलगायतका जिल्लाहरुमा विगतमा भएका प्राकृतिक विपत्तिका घटनाबाट प्रभावितहरुको पुनःस्थापना अझै पूर्ण रुपले हुनसकेको छैन । प्रकृति आफ्नो नियमित चक्रमा हिँड्छ र हिडिरहन्छ । सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि विपद् व्यवस्थापनका लागि आवश्यक पूर्व तयारी गरियोस् । बाजुरा र अछामका आगलागी पीडितहरुको पुनःस्थापनाका लागि सरकारले के कस्ता कदम चालेको छ यसको पनि सम्माननीय अध्यक्षमार्फत सरकारसँग जवाफ माग गर्दछु । आज बिहानमात्र इजरायलले इरानको आणविक प्रशोधन केन्द्रमा हवाई आक्रमण गरेको छ प्यालेस्टाइनसँगको युद्ध जारी नै छ । यस्ता घटनाले युद्धको खतरा बढीरहेको र विश्व क्रमशः अशान्त हुँदै गएको बताउँछ । यसको नकारात्मक प्रभाव विश्व अर्थतन्त्रमा परिरहेको छ । विश्व आर्थिक मन्दीतर्फ अग्रसर छ । विश्व घटना र विश्व अर्थ व्यवस्थाको प्रभावबाट हाम्रोजस्तो परनिर्भर अर्थतन्त्र भएको देश अछुतो रहन सक्दैन । यस मानेमा हामीमाथि आर्थिक चुनौति थपिएका छन् । समयमै सही ढंगले यी चुनौतिहरुको सामना गर्न उचित उपायहरु अवलम्बन गर्न सकेनौं भने प्राप्त उपलब्धीहरुको रक्षा गर्न हम्मेहम्मे पर्नेछ । एकातिर विश्व अर्थव्यवस्थाले सिर्जना गरेका चुनौतिहरुको सामना गर्दै मुलुकलाई आत्मनिर्भरतानिर डोर्याउनु छ भने अर्कोतर्फ मुलुक दक्षिणपन्थी दिशातर्फ अग्रसर भइरहेको छ । लोकतन्त्र र प्राप्त उपलब्धीमाथि खतरा मडारिइरहेको छ । अर्कातिर राजनीतिक नेतृत्व रोमको राजा झैं आफैंमा मस्त छ । सात दशक लामो संघर्षबाट हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यौं । संघर्ष र सफलताको इतिहास स्वर्णिम छ यसप्रति हामी गौरब गर्छौं । तर के वर्तमानप्रति पनि हामीले गौरब गर्न सकेका छौं त ? जसरी एकताबद्ध भएर राजनीतिक परिवर्तन ग¥यौं त्यसरी नै आर्थिक सामाजिक रुपान्तरण गर्न सक्यौं त ? परनिर्भरताबाट बाहिर निस्कन सक्यौं ? मुलुकलाई गरिबी, वेरोजगारी र कुशासनको दुष्चक्रबाट बाहिर निकाल्न सक्यौं ? संविधानको भावना र मर्मअनुरुप कति काम ग¥यौं ? आत्मसमीक्षा र आत्ममूल्यांकन गरौं । इतिहास गर्विलो बनाउने कि भावी पीढिले धिक्कार्ने खालको बनाउने ? यो प्रश्न हामी सबैका सामु छ । राजनीतिक नेतृत्वले यसको जवाफ दिनुपर्छ । अहमता, मपाई र देखाइदिने प्रवृत्तिले मुलुकलाई दिनप्रतिदिन ठूलो नोक्सान भइरहेको छ । देश जले जलोस् तर मेरो अहंममा ठेस लाग्नु भएन, मेरो आलोचक कोही जीवित रहनुभएन । यस्तो खालको मनोवृत्ति, राजनीतिक छिनाझपटी, स्वार्थ, पदलोलुपता र बदला प्रदर्शनले जनता वाक्क दिक्क भएका छन्, जनअसन्तोष बढ्दै गएको छ ।’

उनले राजनीतिक वृत्तमा अहंता, मपाइत्व र देखाइदिने प्रवृत्तिका कारण मुलुकले दिनप्रतिदिन ठूलो नोक्शानी व्यहोर्नुपरिरहेको बताईन् ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?