Trending
>>   पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउन खोज्नु राष्ट्रपति पदकै अपमान होः प्रधानमन्त्री ओली >>   पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१ >>   एमालेले विधान अधिवेशनको सुझाव संकलन थाल्यो, २५१ सदस्यीय केन्द्रिय कमिटी र पदाधिकारी १५ जनाको >>   कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल >>   वामदेवले भनेः मलाई कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिन >>   झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन >>   बंगलादेशको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो >>   उत्तरी म्यानमारमा जेड खानी भत्किँदा २० जना पुरिए >>   पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनको जनकः वेदुराम भुसाल >>   दक्षिणी इटालीमा अत्याधिक गर्मी
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

एसईईको नतिजा यसै वर्ष सुधार हुन्छः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी भएको बताएका छन् ।

धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई शुक्रवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षाको सवालमा सरकार सचेत रहेको र कसरी हरेक नेपाली बालबालिकालाई, युवायुवतिहरुलाई राम्रो शिक्षा दिन सकिन्छ, गुणस्तरीय शिक्षा, सहज पुहँचको शिक्षा दिन सकिन्छ भन्नेतर्फ सरकार लागेको बताए । गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखापरेको भन्दै यस वर्ष नै सुधार आउने बताए । सरकारले नतिजामा सुधार ल्याउन प्रभावकारी कदम चालेको र ४८ प्रतिशत उत्तिर्ण जस्तो नाजुक अवस्था यस वर्ष नहुने जिकिर गरेका छन् । थोरैमा ६५ प्रतिशत विद्यार्थी उत्तिर्ण हुने स्थिति पुर्याउने र हरेक वर्ष नतिजा सुधार गर्दै लैजाने बताए । विद्यार्थीलाई सफलताको बाटो हिँडाउने आफूहरुको उद्देश्य रहेको बताए ।

उनले भने, ‘शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी हो । त्यसकारण शिक्षाको सवालमा सरकार सचेत छ । कसरी हरेक नेपाली बालबालिकालाई, युवायुवतिहरुलाई राम्रो शिक्षा दिन सकिन्छ, गुणस्तरीय शिक्षा, सहज पुहँचको शिक्षा दिन सकिन्छ । त्यस कुरामा लागेको छ । हामीले असाधारण उन्नति पनि गरेका छाँै । गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखापरेको छ । प्रशंसा गर्न नसकिने स्थिति त्यसमा यस वर्ष नै सुधार आउनेछ । किनभने हामीले केही प्रभावकारी कदमहरु चालेका छाँै । जसले ४८ प्रतिशत उत्तिर्ण जस्तो नाजुक अवस्था यस वर्ष हुनेछैन । यस वर्ष ६०, ६५ प्रतिशत हामी कमसेकम पु¥याउनेछौँ । उत्तिर्णको स्थिति हरेक साल विकास गर्दै लैजान्छौँ । विद्यार्थीलाई सफलताको बाटो हिँडाउने हाम्रो उद्देश्य रहनेछ ।’

प्रधानमन्त्री ओलीले रोजागरीका अवसर खोज्ने नभइ सिर्जना गर्ने शिक्षातर्फ लैजान खोजिरहेको बताएका छन् ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?