Trending
>>   पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउन खोज्नु राष्ट्रपति पदकै अपमान होः प्रधानमन्त्री ओली >>   पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१ >>   एमालेले विधान अधिवेशनको सुझाव संकलन थाल्यो, २५१ सदस्यीय केन्द्रिय कमिटी र पदाधिकारी १५ जनाको >>   कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल >>   वामदेवले भनेः मलाई कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिन >>   झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन >>   बंगलादेशको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो >>   उत्तरी म्यानमारमा जेड खानी भत्किँदा २० जना पुरिए >>   पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनको जनकः वेदुराम भुसाल >>   दक्षिणी इटालीमा अत्याधिक गर्मी
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

अहिले पत्रकारितामा साँचो र झुटो छुट्याउन गाह्रो भइरहेको छः सभामुख घिमिरे


काठमाडौँ। सभामुख देवराज घिमिरेले सूचना, वाक स्वतन्त्रता र प्रेसलाई व्यवहारिक बनाउन संसदमा कानून निर्माण भइरहेको बताएका छन् ।

ललितपुरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सूचनाको हक, वाक स्वतन्त्रताको हक, प्रेसलाई व्यवहारिक बनाउन अहिले पनि केही कानूनहरु संसदमा छलफलका क्रममा रहेको जिकिर गरे । उनले कानूनलाई छिटै व्यवहारिक रुपबाट निर्णयमा पुर्याउने र कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताए । अहिले पत्रकारितामा के साँचो र के झ्टो भन्नेकुरा छुट्याउन कठिन भइरहेको जिकिर गरे । सच्चाईलाई बोकेर अघि बढ्ने कुराहरुमा चुनौति आइरहेका पनि बताएका छन् ।

सभामुख घिमिरेले भने , ‘सूचनाको हक, वाक स्वतन्त्रताको हक, हाम्रो प्रेसलाई व्यवहारिक बनाउने अहिले नै पनि विभिन्न कानूनहरु हाम्रो संसदमा नेपालको सन्दर्भमा आइरहेका छन् । ति कानूनलाई छिटै व्यवहारिक रुपबाट निर्णयमा पुर्या उने र निर्णय कार्यान्वयन गर्नको लागि पनि, सरकारको नियन्त्रणमा नरहोस् भन्नका लागि आवश्यक हुन्छ । अहिले पत्रकारितामा के साँचो हो र के झुटो हो ? भन्नेकुरा छुट्याउन गाह्रो भइरहेको छ । सच्चाईलाई बोकेर अघि बढ्ने कुराहरुमा आइरहेका चुनौतिमा आर्थिक समस्याको समाधान गर्नको लागि पुरानो प्रणालीमा रहेको पत्रकारिता रेडियो नेपाल वा अखबारी प्रेसमा छापिने कुराहरुसँग अहिले एआई जस्ता अहिलेको प्रविधिले गर्दा यसले सच्चाई के हो भन्ने बुझ्न सच्चाई कुराहरु लैजान गाह्रो परिरहेको बेलामा राज्यले यस्ता कुराहरुको संरक्षण गर्न आवश्यक नीति बनाउनु पर्छ ।’

सभामुख घिमिरेले सञ्चारमाध्यमले आफ्नो मातृभाषाको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको पनि बताए ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?