Trending
>>   जगदुल्ला हाइड्रोपावरबारे लेखा समितिले भन्यो–प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउनू >>   नायव महान्यायाधिवक्ता घिमिरेको स्वेच्छिक अवकाश स्वीकृत >>   सांसद मोदीको प्रश्नः मापदण्ड नै नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रो पावर बनाउने जिम्मा कसरी दिइयो ? >>   पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउन खोज्नु राष्ट्रपति पदकै अपमान होः प्रधानमन्त्री ओली >>   पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१ >>   एमालेले विधान अधिवेशनको सुझाव संकलन थाल्यो, २५१ सदस्यीय केन्द्रिय कमिटी र पदाधिकारी १५ जनाको >>   कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल >>   वामदेवले भनेः मलाई कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिन >>   झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन >>   बंगलादेशको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

विपद् व्यवस्थापनका लागि तीन तहको सरकारबीच सहकार्य जरुरीः उपप्रमुख डंगोल


काठमाडौँ। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपद् व्यवस्थापन र विपद्जन्य जोखिम न्युनिकरणका लागि तीन तहको सरकारबीच आवश्यक समन्वय र सहकार्य जरुरी रहेको बताएकी छिन् ।

सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेड क्वाटरको आयोजनामा सञ्चालन गरिएको मनसुनजन्य विपद् प्रतिकार्य कृक्तिम अभ्यासलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् । संकटको बेलामा स्थानीय तह नै नागरिकको सबैभन्दा नजिकको सरकार भएको हुँदा विपद् जोखिम न्युनिकरणका लागि स्थानीय सरकारको भुमिका समेत महत्वपूर्ण हुने उनको भनाइ छ । संघ, प्रदेश र स्थानीय सरकारबीच नीति निर्माणमा मात्र नभई विपद्को जोखिम न्युनिकरण र उद्धारमा पनि समन्वय अपरिहार्य रहेको बताईन् ।

उनले भनीन , ‘स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार र स्थानीयलाई समस्या पर्यो भने सम्झिने सरकार पनि हो । जोखिममा परेका नागरिकको उद्धार गर्नको लागि स्थानीय सरकारको एकदमै महत्वपूर्ण भुमिका हुन्छ । संविधानको भावनाअनुरुप तीन तहको सरकार र सरकारका विभिन्न निकायहरुबीच सहकार्य र सहअस्तित्व हुन निकै जरुरी पनि छ । नीति निर्माणमा मात्र नभई विपद्जन्य जोखिममा परेका नागरिकको उद्धारमा पनि सहकार्य र समन्वय हुन जरुरी छ । त्यसको एउटा उदारहण आजको कार्यक्रम हो । विपद्जन्य घटना हुनु अगावै दक्ष जनशक्ति तयार हुुनु हामी सबैको आवश्यकता हो । विपद् प्रतिकार्यको दक्ष जनशक्तिको अभावमा धेरै क्षति भयो भन्नेकुरा सुन्न नपरोस् भन्नको लागि आज नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्टाउट, रेडक्रस र महानगरबीचको समन्वयमा तालिम प्रदान गरिएको हो ।’

यसैगरी ,सशस्त्र प्रहरी बल नेपाल का वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठले नेपाल प्राकृतिक प्रकोपका दृष्टिकोणले संवेदनशील मुलुक भएको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभावले बाढी र पहिरोको जोखिम बढेको बताए । उनले विपद् प्रतिकार्यमा सुरक्षाकर्मीहरूको दक्षता अभिवृद्धिका कृतिम अभ्यासहरु सबै स्थानीय तहमा आयोजना हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाल भौगोलिक बनावटले गर्दा प्राकृतिक प्रकोपको दृष्टिकोणले एकदमै संवेदनशील छ । नेपाल जलवायु परिवर्तनको हिसावले चौथो र बाढी पहिरोको हिसाबले ३०औँ अति जोखिम राष्ट्रहरुमध्येमा रहेको छ । काठमाडौं उपत्यकामा पनि केही वर्षदेखि जल प्रकोपका घटनाहरु बढिरहेको हामीले अनुभव गरिरहेका छौँ । बाढी तथा डुबानको कारण उपत्यउकामा वर्षेनी ठूलो धनजनको क्षति हुँदै गइरहेको छ । यो वर्ष सरदरभन्दा बढी पानि पर्ने र विपद्का घटनाहरुमा समेत वृद्धि हुने देखिन्छ ।’

पछिल्ला वर्षहरुमा काठमाडौं उपत्यामा समेत बाढी र डुबानका कारण ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै उनले आवश्यक पूर्वतयारी र जनशक्तिलाई तालिम प्रदान गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?