Trending
>>   पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१ >>   एमालेले विधान अधिवेशनको सुझाव संकलन थाल्यो, २५१ सदस्यीय केन्द्रिय कमिटी र पदाधिकारी १५ जनाको >>   कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल >>   वामदेवले भनेः मलाई कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिन >>   झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन >>   बंगलादेशको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो >>   उत्तरी म्यानमारमा जेड खानी भत्किँदा २० जना पुरिए >>   पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनको जनकः वेदुराम भुसाल >>   दक्षिणी इटालीमा अत्याधिक गर्मी >>   गाजाका वरिष्ठ स्वास्थ्य अधिकारी इजरायली सेनाको हिरासतमा
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

बजारमा अधिक तरलता, ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक


काठमाडौँ। सरकारले लगानीको वातावरण बनेको दाबी गरेपनि निजी क्षेत्रले लगानी नबढाउँदा बैंकहरुमा फेरि ठूलो रकम थ्रुपिएको छ ।

बैंकहरुमा धेरै रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज बुधवार ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पटकपटक यसरी निक्षेप खिच्दै आएको छ ।

राष्ट्र बैंकले २१ दिनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी असार १८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।

राष्ट्र बैंककाअनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । गत आईतवार पनि राष्ट्र बैंकले २० अर्ब खिचेको थियो ।


प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?