Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन्छौँः मन्त्री अधिकारी


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले अगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सबैलाई सम्बोधन गर्नेगरी आएको दाबी गरेका छन् ।

मंगलवार काठमाडौंमा आयोजित ‘आर्थिक वर्ष २०८२/८३को बजेटले उपभोक्ता बजार आपुर्ति श्रृंखलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो दाबी गरेका हुन् । विगतका वर्षहरुभन्दा अगामी आर्थिक वर्षको बजेट सकारात्मक ढंगबाट आएको उल्लेख गर्दै कार्यान्वयनका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले बजेटले कृषि क्षेत्रको व्यापक सुधारको खाका कोरेको समेत बताए । उनले स्थानीयस्तरमा उत्पादित स्वस्थ्य र पोषणयुक्त खाद्यवस्तुको उपभोग गर्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्नेगरी बजेट आएको जिकिर गरे । उनले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्रि मधेसका २२ जिल्लामा चैते धान खेति प्रवद्र्धन कार्यक्रम अघि सारिने समेत बताए ।

उनले भने, ‘अगामी आर्थिक वर्षको बजेट सबैलाई सम्बोधन गर्ने किसिमले आएको कारणले विगतको तुलनामा सकारात्मक रुपमा छ । यसलाई कार्यान्वयन गर्नको लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्छ । स्थानीयस्तरमा उत्पादित स्वस्थ्य र पोषणयुक्त खाद्यवस्तुको उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नेगरी बजेट आएको छ । त्यसले सकारात्मक सन्देश दिने र हामीले कार्यान्वयनमा इमानदारिताका साथ लाग्न सक्यौँ भने त्यो सम्भावना छ भन्ने सोच नेपाल सरकारले बनाएको छ । त्यसैगरी दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्रि मधेसका २२ जिल्लामा चैते धान खेति प्रवद्र्धन कार्यक्रम गरिने कुरा समेत अघि सारिएको छ । हामीले चैते धानलाई प्रवद्र्धन गर्नेगरी कुरा अघि बढाएका छौँ ।’

बजेटको सफल कार्यान्वयनको लागि सबैले एकजुट भएर अघि बढ्न जरुरी रहेको समेत बताएका छन् ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?