Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन्छौँः मन्त्री अधिकारी


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले अगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सबैलाई सम्बोधन गर्नेगरी आएको दाबी गरेका छन् ।

मंगलवार काठमाडौंमा आयोजित ‘आर्थिक वर्ष २०८२/८३को बजेटले उपभोक्ता बजार आपुर्ति श्रृंखलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो दाबी गरेका हुन् । विगतका वर्षहरुभन्दा अगामी आर्थिक वर्षको बजेट सकारात्मक ढंगबाट आएको उल्लेख गर्दै कार्यान्वयनका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले बजेटले कृषि क्षेत्रको व्यापक सुधारको खाका कोरेको समेत बताए । उनले स्थानीयस्तरमा उत्पादित स्वस्थ्य र पोषणयुक्त खाद्यवस्तुको उपभोग गर्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्नेगरी बजेट आएको जिकिर गरे । उनले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्रि मधेसका २२ जिल्लामा चैते धान खेति प्रवद्र्धन कार्यक्रम अघि सारिने समेत बताए ।

उनले भने, ‘अगामी आर्थिक वर्षको बजेट सबैलाई सम्बोधन गर्ने किसिमले आएको कारणले विगतको तुलनामा सकारात्मक रुपमा छ । यसलाई कार्यान्वयन गर्नको लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्छ । स्थानीयस्तरमा उत्पादित स्वस्थ्य र पोषणयुक्त खाद्यवस्तुको उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नेगरी बजेट आएको छ । त्यसले सकारात्मक सन्देश दिने र हामीले कार्यान्वयनमा इमानदारिताका साथ लाग्न सक्यौँ भने त्यो सम्भावना छ भन्ने सोच नेपाल सरकारले बनाएको छ । त्यसैगरी दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्रि मधेसका २२ जिल्लामा चैते धान खेति प्रवद्र्धन कार्यक्रम गरिने कुरा समेत अघि सारिएको छ । हामीले चैते धानलाई प्रवद्र्धन गर्नेगरी कुरा अघि बढाएका छौँ ।’

बजेटको सफल कार्यान्वयनको लागि सबैले एकजुट भएर अघि बढ्न जरुरी रहेको समेत बताएका छन् ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?