Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बनेपामा तीन दिने विपद् अनुशिक्षण तालिम सम्पन्न


काठमाडौँ। बनेपा नगरपालिकाको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल, नं. १५ गण, काभ्रेले आयोजना गरेको ३ दिने विपद् अनुशिक्षण तालिम तथा विपद् सूचक समापन कार्यक्रम सम्पन्न भएको छ ।

तालिमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै आगामी दिनमा थप विपद् व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गर्ने प्रतिवद्धता जनाइएको छ । तालिममा १४ वटै वडाबाट ७४ जनाको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी बलका प्रशिक्षकहरूले विपद् अवधिमा अपनाउनुपर्ने सावधानी र विपद् सूचनाको संकलन तथा व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै बनेपा नगरपालिकाका नगरप्रमुख शान्ती रत्न शाक्यले “विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आगामी वर्षमा थप बजेट विनियोजन गर्दै स्वयंसेवक तालिमको निरन्तरता दिइने बताए । कुनैपनि ठाउँमा विपद् आउनसक्ने भन्दै सधैँ सचेत रहनुपर्ने बताएका छन् ।

आगामी दिनमा थप स्वयंसेवक तालिमहरू सञ्चालन गर्नुपर्ने सुझाव पनि दिए । गत असोजमा आएको बाढी र पहिरोका कारण बनेपामा मात्र चार जनाले ज्यान गुमाएका थिए । तर त्यति ठूलो जनधनको क्षति भए पनि नेपाल सरकारद्वारा बनाइएको विपद्ग्रस्त पालिकाको सूचीमा बनेपा नगर समावेश गरिएको थियो ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?