Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

कांग्रेसले टुंगो लगायो मन्त्री बन्ने थप २ जनाको नाम


२२ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसले सरकारमा जाने थप २ जनाको नाम टुंगो लगाएको छ ।

बुधबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले मन्त्री बन्ने २ जनाको नाम टुंग्याएको  हो । ८ जना  मन्त्रीको भाग पाएको कांग्रेसले ४ जना मात्रै पठाएको छ ।

अबको चरणमा केन्द्रीय सदस्यद्वय मोहनबहादुर बस्नेत र एनपी साउद मन्त्री बन्ने निश्चित भएको बताइएको छ ।

गत चैत्र १७ गते प्रधानमन्त्री प्रचण्डले गरेको मन्त्रिमण्ड बिस्तारमा कांग्रेसबाट उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रीमा उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा प्रवक्ता प्रकाशशरण महत, सहरी विकास मन्त्रीमा सीता गुरूङ र उद्योग मन्त्रीमा रमेश रिजाल नियुक्त भएका छन् ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?