Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

कांग्रेसले टुंगो लगायो मन्त्री बन्ने थप २ जनाको नाम


२२ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसले सरकारमा जाने थप २ जनाको नाम टुंगो लगाएको छ ।

बुधबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले मन्त्री बन्ने २ जनाको नाम टुंग्याएको  हो । ८ जना  मन्त्रीको भाग पाएको कांग्रेसले ४ जना मात्रै पठाएको छ ।

अबको चरणमा केन्द्रीय सदस्यद्वय मोहनबहादुर बस्नेत र एनपी साउद मन्त्री बन्ने निश्चित भएको बताइएको छ ।

गत चैत्र १७ गते प्रधानमन्त्री प्रचण्डले गरेको मन्त्रिमण्ड बिस्तारमा कांग्रेसबाट उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रीमा उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा प्रवक्ता प्रकाशशरण महत, सहरी विकास मन्त्रीमा सीता गुरूङ र उद्योग मन्त्रीमा रमेश रिजाल नियुक्त भएका छन् ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?